प्रचण्डको चितवनमा आइतबार, फोटोफिचर

भरतपुर, पुस ९। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आइतबार आफ्नो निर्वाचन क्षेत्रका पाँच कार्यक्रममा सहभागी भए ।
बिहान एमाले र माओवादी केन्द्रनिकट बुद्धिजीवीहरुले भरतपुरमा राखेको संयुक्त कार्यक्रममा अध्यक्ष प्रचण्डले राष्ट्रिय सभा र पार्टी एकताबारे देखिएको अन्यौल र आशङ्का छिटै अन्त्य हुने बताए ।
त्यसपछि शुक्रनगरमा आयोजित प्रगति माविको वार्षिकोत्सवलाई सम्बोधन गर्नुका साथै आफूलाई निर्वाचित गराउने मतदातालाई धन्यवाद दिए ।
प्रभात माविको कार्यक्रमपश्चात् अध्यक्ष प्रचण्ड शुक्रनगर र पार्वतीपुरमा पुगी दुई मृतकका आफन्तप्रति समवेदना प्रकट गरे ।
मृतकका आफन्तप्रति समवेदना प्रकट गरेपछि प्रचण्डले गीतानगरमा रेडक्रसको भवन शिलान्यास र संक्षिप्त सम्बोधन गरे ।
पाँचौ कार्यक्रमका रुपमा अध्यक्ष प्रचण्डले चितवन उद्योग संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरे ।
आइतबारका सबै कार्यक्रममा अध्यक्ष प्रचण्डले राजनीतिक स्थिरता, आर्थिक विकास र जिल्लाका प्राथमिकताबारे आफ्ना धारणा राखे ।

कमेन्ट गर्नुहोस्