५१ परिवार बाढीपीडितलाई लुथरन कल्याण समाजले घर बनाइदियो

मोरङ, पुस १० । मोरङको धनपालथान गाउँपालिकाका बाढीले घर बगाएका ५१ परिवारलाई लुथरन कल्याण समाजले घर बनाइदिएको छ ।

अरु बाढीपीडित र बिपन्नलाई आयआर्जन तालीम तथा काम गरेर आयआर्जन गर्ने उपकरण प्रदान गरेको छ । धनपाल–६ स्थित बालुवाबाडी, दादर टोल, खयर टोलका घरबारविहीन भएका ५१ परिवारलाई समाजले घर बनाइदिएको सो संस्थाका कार्यक्रम संयोजक जोयल सोरेनले बताउनुभयो । सोरेनले भन्नुभयो, “रु ३० हजारको लगानीमा घरका १२ वटा पिलर र टिन लगाइएको हो बाँकी घेराबार घरधनीले नै गर्नुहुने छ ।

याे पनि पढ्नुस  मेयरकै इँटा उद्योगमा गाँजाको कारोबार !

५१ वटा घर निर्माण गर्न रु एक करोड ७० लाख खर्च भएको सोरेनको भनाइ छ । लत्ताकपडा, खाद्यान्न बगाएपछि वीरक्तिएका बाढीपीडित सामान्य अवस्थाको घर संस्थाले बनाइदिएकामा खुशी छन् । धनपाल– ६ स्थित बालुवाबारी की ५० वर्षीया मल्हो मरण्डीले भन्नुभयो, “घर पाएकाले खुसी छु । उहाँमात्र होइन उहाँकै छिमेकी मौला हस्दा पनि मख्ख हुनुहुन्छ”– उहाँले भन्नुभयो, “केही थिएन घर बनाइदिए उनीहरुलाई त भगवान् नै मान्नुपर्छ ।”

याे पनि पढ्नुस  गोरे र एसएसपी खत्रीसहित चार जनालाई काठमाडौं ल्याइयो, गोरेमाथि अब सम्पति शुद्धिकरणको मुद्दा

उक्त संस्थाले बाढीपीडित किसानलाई तालीम दिएर तरकारी खेती गर्न सहयोगसमेत गरेका छन् । धनपाल गाउँपालिकाकै फूलमती देवी मण्डललगायतका किसानलाई तरकारीखेती गर्ने तालीम दिएपछि उनीहरुले राम्रो तरकारी खेती गरेर आयआर्जन गरिरहेका छन् । विपन्न समुदायका युवतीलाई ब्युटीपार्लर तालीमसमेत दिएको ब्युटीपार्लर सेन्टर खोलेकी सोना हस्दाको भनाइ छ ।

त्यस्तै धानपाल– ३ माया गञ्जका वसन्त ऋषिदेवलाई किराना पसल गर्न रु १५ हजार लगानीसमेत गरिदिएको छ । कर्सीया बजारमा मोटरसाइकल मर्मत सेन्टर खोल्नुभएका महेश ऋषिदेवलाई रु ४० हजारको सवारीसाधनमा हावा भर्ने उपकरण प्रदान गरेको छ । महेशले भन्नुभयो, “मेसिनले हावा भर्न थालेपछि बल प्रयोग गर्ने पम्पका लागि कस्ट गर्नु परेको छैन ।”

याे पनि पढ्नुस  दक्ष जनशक्ति उत्पादन गर्नेमा केन्द्रित हुनुपर्नेमा जोड

समाजले धनपालथानको दानवती आधारभूत विद्यालयमा र मदरसा नुरानी आधारभूत विद्यालयको दुईकोठे चर्पी निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।

कमेन्ट गर्नुहोस्