राष्ट्रपतिसँग प्रचण्डकाे भेटवार्ता सकियाे, अाेली गएनन

काठमाडौं, पुस १३ ।  नेकपा  माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राष्ट्रपति बिद्यादेवि भण्डारीबीच वार्ता भएकाे छ ।

शितल निवासमा भएकाे भेटमा नयाँ सरकार गठनकाे बिषयमा कुराकानी भएकाे स्राेतले बतायाे ।

भेटमा राष्ट्रियसभा गठन लगायतका बिषयमा पनि छलफल भएकाे छ ।

एमाले -माअाेवादीले नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधनमन्त्री शेरबहादुर देउवाकै कारण नयाँ सरकार गठनलगायत प्रक्रिया अड्किएको भन्दै मार्गप्रशस्तका लागि विलम्ब नगर्न  ध्यानाकर्षण गर्दै अाएका छन् ।

राष्ट्रियसभा गठन सम्वन्धी अध्यादेश दुई महिनादेखि रोकेको भन्दै आलोचना खेप्दै आएकी राष्ट्रपतिले राजनीतिक दलका शीर्ष नेताहरुसँग परामर्श गर्दै आएकी छन् ।

त्यसैको निरन्तरतास्वरुप प्रचण्डसँग फेरि पनि परामर्श गरेको बताइएको छ ।

राष्ट्रपति भण्डारीलाई छिटो अध्यादेश स्वीकृत गर्न सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले दबाव दिँदै आएको छ । अध्यादेशमा एकल संक्रमणीय मत प्रणालीको व्यवस्था राखिएको भन्दै सबैभन्दा एमालेले विरोध गर्दै आएको छ ।

अाजकाे राष्ट्रपतिसँगकाे भेटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेली पनि सहभागी हुने भनिएकाेमा उनी उपस्थित नभएका जनार्इएकाे छ ।

कमेन्ट गर्नुहोस्