दुई महिनापछि दाङमा जहाज उड्ने, नेता महराले गरे पहल

काठमाडौं, नेपालको पश्चिम क्षेत्रको चर्चित ऐतिहासिक क्षेत्र दाङ र छिमेकी जिल्लाका वासिन्दाहरुले दुई महिनापछि जिल्लाबाटै जहाज चढ्न पाउने भएका छन् ।

उपप्रधानमन्त्री कृष्ण बहादुर महराले दाङमा उडान शुरु गर्न पर्यटन मन्त्री, आज बिहान नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारसंँग छलफल गरेपनि यो प्रगति भएको हो ।

अहिले दाङमा विमानस्थल सञ्चालनमा आउन नसकेका कारण हवाई रुट प्रयोग गर्नेहरुले नेपालगञ्जबाट या भैरहवासम्म गएर त्यहाँबाट सडक यातायात प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ ।

दाङबाट निर्वाचित समेत भएका नेता महराले जनसंख्या र मध्यपश्चिम क्षेत्रको ‘हब’को रुपमा विकास भएको दाङमा जहाज सुचारु गर्न मन्त्री र निगम निर्देशकसँग अनुरोध गरेका थिए ।

हिजो र आज भएको भेटपछि नयाँ वर्ष अघि नयाँ वर्ष अघि नै दाङमा जहाज सुरु गर्ने सहमति भएको थियो । नेपाल बायुसेवा निगमले किन्ने प्रक्रिया शुरु गरिसकेको नयाँ जहाज दाङमा नियमित उडानका लागि लगिने निर्णय भएको हो ।

कमेन्ट गर्नुहोस्