चिसो बढेपछि कैलालीको जनजीवन प्रभावित, आगो बालेर जाडो छल्दै

कैलाली, पुस १४ । कैलाली, कञ्चनपुर लगायत सुदुरपश्चिमका जिल्लामा एक्कासी चिसो बढेपछि जनजीवन निकै प्रभावित भएको छ ।

गाउँ–घर तथा बजारमा मानिसहरु जम्मा भएर आगो तापेर चिसो कटाइरहेका छन् । जाडोले विशेषगरी वृद्धवृद्धा तथा बालबालिका मारमा परेका छन् ।

चिसोले वृद्धवृद्धा, बालबालिका र आर्थिक अवस्था कमजोर भएका विपन्न वर्ग बढी प्रभावित भएका छन् । बजारमा मानिसहरुको आवतजवात पनि पहिलेको तुलनामा निकै कम भएको छ भने चिसोका बजारका पसलसमेत कारण ढिलो खुल्ने गरेको छ ।

याे पनि पढ्नुस  देशभरको जाडो बढ्यो, काठमाडौंको तापक्रम शून्य डिग्रीमा

बदलिदो मौसमले गर्दा यस समयमा मानिसहरु बढी बिरामी हुने भएकाले सबैलाई घर बहिर निस्कदा न्यानो लुगाकपडा लगाएर बहिर निस्कन समेत चिकित्सकहरुले सुझाव दिएका छन् । चिसोको कारण निमोनिया, दम, खोकी, पेट दुख्ने र ज्वरो आउने बिरामीको संख्यामा वृद्धि भएको सेती अञ्चल अस्पतालका ईमर्जेन्सी वार्डका ईन्चार्ज कृष्ण बोहराले बताए । उनले सामान्य समयभन्दा चिसो बढेपछि अस्पतालमा दोब्बरले बिरामी बढेको बताए ।

याे पनि पढ्नुस  कठ्याङ्ग्रिने जाडोबाट बस्ती प्रभावित

तापक्रम प्रतिदिन घट्दो क्रममा रहेकोले अझै चिसो बढ्ने देखिएको छ । चिसोका कारण हिउँदे तरकारी समेत सुक्ने सम्भावना हुन्छ । टमाटर, आलु, बन्दा र काउलीलाई शितलहरले प्रभावित गर्ने कृषि विज्ञहरूले बताएका छन् ।

कमेन्ट गर्नुहोस्