भारतको मुम्बईमा आगलागीबाट १४ जनाको मृत्यु

मुम्बई, पुस १४ । भारत मुम्बईस्थित एक भवनमा आगलागी हुँदा १४ जनाको जलेर मृत्यु भएको छ ।

मुम्बईको लोअर परेल इलाकास्थित घरमा लागेको आगोमा पर्दा अरु ६ जना घाइते भएका छन् । घाइते सबैलाई अस्पताल भर्ना गरिए पनि अवस्था चिन्ताजनक छ ।

याे पनि पढ्नुस  गौशालामा आगलागी हुँदा आठ पसल जले

आगो कमला मिल्स कम्पाउण्डमा लागेको हो । भवनको माथिल्लो तलामा रहेको पबबाट आगो सल्केको बताइएको छ ।

आगलागी भएको ठाउँमा केही मिडियाका कार्यालय तथा होटल रहेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्