के हाे मार्क्सवाद, लेनिनवाद र माओवाद? (विशेष सामग्री)

मार्क्सवाद र्सवहारा श्रमजीवि वर्गको मुक्तिको सिद्धान्त हो । कार्ल मार्क्स (सन् १८१८–१८८३) र पेडरिक एंगेल्स (सन् १८२०–१८९५) द्वारा सन् १८४८ मा कम्युनिष्ट घोषणा पत्र मार्फ मार्क्सवादको प्रतिपादन गरिएको हो । मार्क्सवाद एक वैज्ञानिक सिद्धान्त र सर्वहारा श्रमजीवि वर्गको उसको विश्व दृष्टिकोण हो । मार्क्सवादको दर्शन द्वन्द्वात्मक भौतिकवाद हो । मार्क्सवादी दर्शन र्सवहारावर्गको विश्व दृष्टिकोण हो ।

अतः यसलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भनिन्छ । मार्क्सवादी दर्शनका दुई भाग छन् द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद । यस दर्शनको जन्म दर्शनशास्त्रको इतिहासको लामो विकास प्रक्रियाको बीचबाट भएको हो ।

माओ, भन्नुहुन्छ– ‘मार्क्सवादका तीन वटा संघटक अंगहरू हुन् वैज्ञानिक समाजवाद, दर्शन र राजनीतिक अर्थशास्त्र, त्यसको जग समाज विज्ञान र वर्ग संर्घष् हो ।’

आज मार्कवाद मार्क्सवादको गुणात्मक विकासको दोस्रो चरण लेनिनवादमा र मार्क्सवाद–लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरणमा माओवादको विकास सकेको छ । यसरी आज मार्क्सवाद–लेनिनवाद–माओवाद र्सवहारावर्गको मुक्तिको पथप्रदर्शक र मार्गदर्शक सिद्धान्त बन्न पुगेको छ ।

आज मार्क्सवाद–लेनिनवाद–माओवादलाई आत्मसात नगरिकन, ग्रहण नगरिकन कोही पनि क्रान्तिकारी कम्युनिष्ट बन्न सक्दैन । यस लेखमा मार्क्सवाद लेनिनवाद–माओवादा सन्दर्भमा संक्षिप्त रूपमा प्रकाश पार्ने प्रयत्न गरिएको छ । मालेमावाद मानवजातिको ज्ञानको विशाल भण्डार भएकोले यस सानो लेखमा विषद रूपमा व्याख्या गर्न सम्भव छैन ।

१. मार्क्सवाद के हो?

मार्क्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । कार्ल मार्क्स र उनका अनन्य मित्र तथा सहयोगी फडरिक एंगेल्सद्वारा मार्क्सवादको सृजना गरिएको हो । मार्क्सवाद सर्वहारा श्रमजीवि वर्गको मुक्तिको सिद्धान्त हो । मार्क्सवाद एक वैज्ञानिक सिद्धान्त हो ।

मार्क्सवाद पूँजीवादको प्रारम्भिक अवस्थामा विकसीत भएको हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्ग संघर्ष तथा इतिहासमा बल प्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता हुन् ।

अतः प्रकृति, समाज, चिन्तन, राज्यव्यवस्था आदि बारेमा कार्लमार्क्स र पेडरिक एंगेल्सले महान खोज र प्रयोगद्वारा निकाल्नु भएको वैज्ञानिक तथा क्रान्तिकारी विचार र सिद्धान्त एवं व्यवहारको संयुक्त योगलाई मार्क्सवाद भनिन्छ ।

संशोधनवादी विचार–दृटिष्कोणहरू फैलाएर मार्क्सवाद–लेनिनवाद–माओवादमाथि भिषण आक्रमण गरिरहेका छन् । तिनका विरुद्ध सैद्धान्तिक लर्डाई लडेर ती संशोधनवादी विचाररुलाई परास्त गर्दै मार्क्सवाद–लेनिनवाद–माओवादका सैद्धान्तिक मान्यताहरूलाई नेपालको वर्तमान सापेक्षतामा आधारित नयाँ नेपाली जनवादी क्रान्ति हुनसक्छ ।

मार्क्सवादको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो । मार्क्सवादको दर्शनको सिद्धान्त भौतिकवाद हो । यसले पदार्थ, प्रकृतिलाई पहिलो र सामाजिक चेतनालाई दोश्रो स्थानमा राख्दछ । मार्क्सवादले चेतनालाई वस्तुगत जगतको आत्मिक प्रतिविम्ब मान्दछ र विश्वलाई बोधगम्यं बताउँछ । यस दर्शनको पद्धति द्वन्द्ववाद हो ।

मार्क्सवादका तीन संघटक अंग

दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद मार्क्सवादका तीन संघटक अंग हुन् । कार्ल मार्क्स ५ मई १८१८–१४ मार्च १८८३ र पेडरिक एंगेल्स र २८ नोबेम्बर १८२०–६, अगस्ट, १८९५  दुवैको संयुक्त प्रयासबाट मार्क्सवादको जन्म भएको हो । भी.आई. लेनिनले- “मार्क्सवाद मार्क्सका विचारहरू र उनको शिक्षाको व्यवस्थित श्रृंखला हो” भन्नु भएको छ । स्टालिनले, मार्क्सवाद प्रकृति र समाजको विकासलाई संचालन गर्ने विज्ञान हो, मार्क्सवाद सारा जडसूत्रवादको शत्रु हो ।” भन्नु भएको छ ।

माओत्सेतुङले “मार्क्सवाद ज्ञानका अनेक शाखाहरूबाट बनेको छः मार्क्सवादी दर्शन, मार्क्सवादी अर्थशास्त्र र मार्क्सवादी समाजवाद अर्थात वर्ग संघर्षको सिद्धान्त, तर जग चाहिँ मार्क्सवादी दर्शन हो । यदि यसलाई मनन गरिदैन भने हाम्रो एउटा साझा भाषा वा कुनै साझा तरिका हुने छैनन् हामी चीजहरूलाई स्पष्ट नपारिकन यताउताको कुरा उर्ठाई तर्क मात्र गरिरहेका हुन्छौं । द्वन्द्वात्मक भौतिकवादलाई मनन गरिसकेपछि थुप्रै दुःख कष्टबाट जोगिने छ र धेरै गल्तीहरू हट्ने छन् ।” भन्नु भएको छ ।

लेनिनले मार्क्सवादका तीन स्रोतको उल्लेख गर्नु भएको छ र यसै आधारमा मार्क्सवादका तीन संघटक अंग पनि निर्मित भएका छन् । तदनुसार दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद मार्क्सवादका तीन संघटक अंग हुन् ।

प्रथम, विश्वदृष्टिकोणमा, भौतिकवाद र द्वन्द्ववादमा र द्वितीय क्रान्तिकारी सिद्धान्त र कार्यनीतिमा विशेषतः वर्गसंर्घष्, र्सवहारा वर्गको अधिनायकत्व र र्सवहारा वर्गका राजनीतिक पार्टी प्रश्नहरूमा र यसका साथै समाजवादी निर्माणमा लेनिनका शिक्षाहरू रहेका छन् ।”

मार्क्सवाद-लेनिनवाद-माओवाद र्सवहारावर्गको मुक्तिको सिद्धान्त हो । र्सवहारावर्गलाई मार्गदर्शन र पथप्रदर्शक गर्ने मार्क्सवाद-लेनिनवाद-माओवाद बाहेक अर्को क्रान्तिकारी सिद्धान्त छैन । आज संसारमा धेरै प्रकारका दर्शनहरू देखिए पनि मुख्यतः दुई प्रकारका दर्शनहरू छन् । जो चेतनालाई आदि तत्व मान्ने, जगतलाई त्यसको स्वतः स्फूर्ततामा मान्ने र संसार अवोधगम्य छ अर्थात् जान्नै नसकिने खालको छ भन्ने आध्यात्मवादी -आदर्शवादी) दर्शन र अर्को पदार्थलाई आदितत्वा मान्ने अर्थात् संसार बोधगम्य छ र संसारका सबै कुराहरू जान्न सकिन्छ बुझ्न सकिन्छ भन्ने दर्शन भौतिकवादी दर्शन हो ।

मार्क्सवादी दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । मार्क्सवाद, जसले अहिले मार्क्सवादको गुणात्मक विकासको दोश्रो चरण लेनिनवाद र मार्क्सवाद-लेनिनवादको गुणात्मक विकासको तेश्रो र नयाँ चरण माओवादको जुन गुणात्मक र नयाँ चरणमा विकास भएको छ । यसरी आज माओमावाद द्वन्द्वात्मक तथ ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणा आधारित छ । द्वन्द्ववादको सारतत्व भनेको आलोचनात्मक र क्रान्तिकारी रहेको छ । मार्क्सवादी दर्शनका दुइ भाग छन् द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद ।

मार्क्सवादको दार्शनिक आधार द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद भएकाले यसले पदार्थ, प्रकृति वा सामाजिक सत्तालाई पहिलो र चेतना, विचार वा सामाजिक चेतनालाई दोश्रो स्थानमा राख्ने गर्दछ । मार्क्सवादी दर्शन भौतिकवादी भएकोले यसमा भौतिकवाद र द्वन्द्ववाद अभिन्न रूपले सम्बन्धित छन् । निश्चित सामाजिका र आर्थिक अवस्थाले नै यसलाई जन्माएको हो र यसको सुनिश्चित वैज्ञानिक तथा दार्शनिक पर्ूवाधार पनि यही हो । वैज्ञानिक तथा दार्शनिक चिन्तनको सम्पूण गतिविधिले मार्क्सवादी दर्शनको प्रादूभाव गरेको हो । जीवन र जगतको विकासको सामान्य चित्रको अध्ययन गर्नु भौतिकवादी द्वन्द्ववादको एउटा महत्वपूण् लक्ष्य हो । यस विषयमा फेडरिक एंगेल्सले अगाडि लेख्दछन्- “द्वन्द्ववाद भनेको प्रकृति, मानव समाज र चिन्तनको गति सम्बन्धि र्सार्वभौम नियमहरूको अध्ययन गर्ने नियम हो । यो पूँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । अतः मार्क्सवाद एक व्यवहारिक विज्ञान समेत भएकाले मार्क्सवाद हाम्रो युगको सबभन्दा विज्ञानसँग सम्बन्धित दर्शन हो ।

भौतिकवादीहरू पदार्थलाई पहिलो र चेतनालाई पदार्थको उपज मान्दछन् । वा कोरा नक्कलका रूपमा ग्रहण गर्दछन् । तर द्वन्द्वात्मक भौतिकवादीहरू चेतनालाई पदार्थको सुसंगठित तथा गुणात्मक ढंगले विकासित प्रतिविम्बनको उच्च अभिव्यक्ति मान्दछन्

मार्क्सवाद र्सवहारा क्रान्तिको विज्ञान हो । यो पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त वर्गसंर्घष् तथा इतिहासमा बलप्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा सम्यवाद यसका आधारभूत मान्यता हुन् । अर्थात् प्रकृति, समाज, राज्यव्यवस्था आदिका बारेमा कार्लमार्क्स र फेडरिक एंगेल्सले महान् खोज र प्रयोगद्वारा निकाल्नु भएको वैज्ञानिक तथा क्रान्तिकारी विचार, सिद्धान्त र व्यवहारलाई मार्क्सवाद भनिन्छ । मार्क्सवादले पुँजीपति वर्गको राज्यव्यवस्थालाई ध्वस्त पारि त्यस ठाउँमा र्सवहारा श्रमजीवी वर्गको राज्यव्यवस्था स्थापना गर्ने क्रान्तिकारी बाटो देखाउँदछ । मार्क्सवादका मौलिक विशेषताहरू द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, वर्गसंर्घष्ा, अतिरिक्त मूल्यको सिद्धान्त, र्सवहारा अधिनायकत्व, तल्लो वर्गको जनतामा राज्यको शक्ति निहित आदि कुरा हुन् ।

मार्कवादी दर्शन

कार्ल मार्क्स र पेडरिक एंगेल्स मार्क्सवादी दर्शनका संस्थापक हुनुहुन्छ । पूँजीवादी समाजमा पुँजीपती वर्ग र र्सवहारा वर्गबीचको वर्गसंर्घष्ाको अवस्था, प्रकृति विज्ञानका नयाँ नयाँ खोजहरू र जर्मन शास्त्रीय दर्शन, इंगल्याण्डको राजनीतिक र पान्सको समाजवाद मार्क्सवादको जन्मका भौतिक तथा सैद्धान्तिक आधार बन्न पुग्दछन् । पूँजीवादी दर्शनमा काण्ट देखि लिएर हेगेल एवं फायरवाखसम्म आउँदा दर्शनमा जुन समस्था पैदा भएका थिए, मार्क्स र एंगेल्सले तिनको समाधान गर्नुभयो । मार्क्सवादी दर्शनको नाम द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो । मार्क्सवाद र्सवहारा वर्गको समग्र विचारधारा हो ।
दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद तीन तत्व मिलेर मार्क्सवाद बन्दछ, वर्गसंर्घष्ा इतिहासमा बल प्रयोग भूमिका, र्सवहारावर्गको अधिनायकत्व, साम्यवाद मार्क्सवादको इतिहास मीमांसाका मूल विषय हुन् । दर्शनलाई विज्ञानको एउटा विशिष्ट विज्ञानको अर्थमा विश्व दृष्टिकोणका रूपमा परिभाषित गर्नु, दर्शन शास्त्रको वैज्ञानिक अध्यपनका लागि मौलिक प्रश्नको समस्या सही ढंगले हल गर्नु, द्वन्द्ववाद र भौतिकवादलाई एकै ठाउँमा मिलाई द्वन्द्वात्मक भौतिकवादी दर्शनको स्थापना गर्नु, समाजवादको विचारधारालाई केन्द्रविन्दुमा राखि भौतिकवादको सिद्धान्त र द्वन्द्ववादको पद्धति अवलम्बन गरि नयाँ दार्शनिक प्रणालिको निर्माण गर्नु मार्क्सवादी दर्शनका मूल विशेषता हुन् ।

हामीले बुझ्ने कुरा के हो भने मार्क्स-एंगेल्सको समकालिन सर्न्दर्भ र त्यस यता दर्शनमा निकै विकास हुँदै आएको छ । आजको अवधि साम्राज्यवाद र र्सवहारा क्रान्तिको युगको अवधि हो । यस अवधिमा दर्शनका विकासका मुल तीन धारा रहेका छन् । ती हुन् -१) साम्राज्यवादी युगको पूँजीवादी दर्शन, -२) संशोधनवादी दर्शन र -३) मार्क्सवादी-लेनिनवादी-माओवादी दर्शन ।

यही नै हो दर्शनको ऐतिहासिक विकास प्रक्रियाको अति संक्षिप्त टिप्पणी । दर्शनको इतिहासबारे एंगेल्सले भन्नु भएको छ- प्रत्येक युगको दर्शन वस्तुतः श्रमविभाजनको निश्चित क्षेत्र हो, अतः त्यसले पूववर्ति दर्शनबाट प्राप्त केही निश्चित क्षेत्र हो, अतः त्यसले पूववर्ति दर्शनबाट प्राप्त केही निश्चित चिन्तन सामग्रीलाई पूव मान्यताका रूपमा ग्रहण गर्दछ र त्यही त्यसको प्रस्थानविन्दु पनि हो । त्यसैकारण आर्थिक दृष्टिले पीछडिएका देशले दर्शनमा नेतृत्व गर्न सक्छन्, जस्तै अठारौं शताब्दीमा इंगल्याण्डको दर्शनमाथि नै आफ्नो दर्शनलाई आधारित बनाउने इंगल्याण्डको तुलनामा अगाडि बढ्यो अथवा जर्मनी यी दुवैको तुलनामा अगाडि उभियो ।

१. मार्क्सवादी दर्शनको परिचयः

मार्क्सवादी दर्शन र्सवहारावर्गको विश्वदृष्टिकोण हो । यसलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भनिन्छ । मार्क्सवादी दर्शन एक वैज्ञानिक दर्शन हो । मार्क्सवादी दर्शन एक वर्ग दर्शन हो । र्सवहारा वर्गको दर्शन हो । यस दर्शनलाई स्टालिनले मार्क्सवादी “लेनिनवादी पार्टीे विश्वदृष्टिकोण हो” को रूपमा परिभाषित गर्नु भएको छ ।

२. मार्क्सवादी दर्शनका जन्मका पुर्वाधारहरूः

मार्क्सवादी दर्शनको जन्म दर्शनशास्त्रको इतिहासको लामो विकास प्रक्रियाका बीचबाट भएको हो । मार्क्सवादी दर्शनको जन्म ऐतिहासिक आवश्यकताको कारणबाट भएको थियो । विश्व राजनीतिक रंगमञ्चमा एक स्वाधिन शक्तिको रूपमा देखापरेपछि र्सवहारावर्गको लागि एक साच्चिकै वैज्ञानिक दर्शनको खाँचो पर्न गयो । त्यो एक प्रकारको ऐतिहासिक आवस्यकता थियो । सको परिपूर्ति मार्क्सवादी दर्शन अब अर्थात् द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दर्शनले गर्यो ।
विश्वको क्रान्तिकारी रूपान्तरण गर्ने ऐतिहासिक जिम्मेवारी वहन गरेको र्सवहारा वर्गको प्रयासलाई मार्क्सवादी दर्शनले सैद्धान्तिक आधार प्रदान गर्यो ।

मार्क्सवादी दर्शनमा र्सवहारा वर्गले संसारलाई ठिकसीत बुझ्ने र त्यसलाई बदल्ने एक अचुक बौद्धिक अस्त्र भेटायो । लेनिनले मार्क्सवादी दर्शनको महत्वलाई यसरी दर्शाउनु भएको छ-मार्क्सको दर्शन एउटा यस्तो परिपूणा भौतिकवाद हो, जसले मानव जातिलाई र खास रूपले मजदुर्रवर्गलाई ज्ञानका शक्तिशाली औजारहरू प्रदान गरेको छ । यस दर्शनका बारेमा स्वयं मार्क्सले लेख्नु भएको छ- “जसरी दर्शनले र्सवहारा वर्गमा आफ्नो भौतिक हतियार भेटाउछ, त्यसरी नै र्सवहारा वर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार भेटाउँछ । अतः जुन परिस्थिति र परिवेशमा मार्क्सवादी दर्शन जन्मियो त्यसका आवश्यक पूवाधारहरू निम्न रहेका छन् ।

१. सामाजिक – आर्थिक पुर्वाधारहरूः

मानव समाजको विकासक्रमको प्रक्रिया अन्तरगत उन्नाइसौं शताब्दिको मध्यतिरसम्म आइपुग्दा युरोपका कतिपय देशहरू इंगल्याण्ड, प|mान्स लगायतका देशहरूमा सामन्तवादका विरुद्ध पूँजीवादीक्रान्ति सम्पन्न हुँदै गए । त्यसै अवधिमा उत्पादक शक्तिको तीव्र विकास भएर गयो र यसै प्रक्रियामा औद्योगिक क्रान्ति भयो । पूँजीपति वर्गको गर्भबाट औद्योगिक र्सवहारावर्गको जन्म भयो । त्यसपछि समाजमा पूँजीपति र र्सवहारावर्ग बीचमा संर्घष्ा चर्कदै जान, थाल्यो ।

अतः पूँजीपति वर्गका विरुद्धको संर्घष्ामा र्सवहारा वर्ग आफ्नो हक, हित र अधिकारका लागि आन्दोलनको प्रक्रिया अगाडि बढाउन थाल्यो त्यसै क्रममा सन् १८११ – १८१२ बेलायतका मजदुरहरूले स्वतः स्फूर्त रूपले मेशिन तोड -लुडायक) आन्दोलन चलाएका थिए । पान्सको लियो शहरका कपडा कारखानाका मजदुरहरूले सन् १८३१ मा संगठित रूपले व्रि्रोह गरेका थिए । इंगल्याण्डमा सम्पन्न चार्टिष्ट आन्दोलन -१८३८ – १८४२) यस सर्न्दर्भमा विशेष उल्लेखनीय रहेको छ । वास्तवमा चार्टिष्ट आन्दोलन मजदूर वर्गको पहिलो संगठित आन्दोलन थियो । ठिक यही परिस्थितिमा मजदूर वर्गको मुक्ति, उद्देश्य र आन्दोलनको लागि सुसंगत, क्रान्तिकारी, विचारधाराको निर्माण एक ऐतिहासिक आवश्यकता बन्न गयो ।

२. प्रकृति विज्ञानका पुर्वाधारहरूः

सामान्यतः दासताको युगको अन्त्य र पुँजीवादको विकाससँगै विशेषतः युरोपको पुनर्जागरण कालयता प्रकृति विज्ञानका क्षेत्रमा प्रशस्त विकास हुँदै आयो । ज्योतिषशास्त्र, गणित, भौतिक शास्त्र यन्त्रशास्त्र, रसायन विज्ञान, जीवविज्ञान लगायत प्रकृति विज्ञानका विविध क्षेत्रमा नयाँ नयाँ खोज हुँदै गए । प्रकृति विज्ञानको क्षेत्रमा सौर्यमण्डलको सिद्धान्त दशमलब अंक पद्धति, प्रारम्भिक वीजगणित जस्ता चीज अरबहरूबाट प्राप्त हुन थाल्यो । युरोपीय पुनर्जागरण कालयता प्रकृति विज्ञानको क्षेत्रमा नयाँ चरणको थालनी भएको थियो । यसै सर्न्दर्भमा कोपरनिकस ग्यालिलियो, न्यूटन जस्ता वैज्ञानिकहरूले खगोल विज्ञानको क्षेत्रमा महत्वपर्ूण्ा भूमिका खेले । त्यस्तै अन्य क्षेत्रमा पनि नयाँ खोज हुँदै गए । प्रकृति विज्ञानको क्षेत्रमा विशेष गरि भौतिक विज्ञानमा मायर, जुल तथा कोल्डिङ्गको उर्जा संरक्षण तथा रूपान्तरणको सिद्धान्त जीव रसायनविज्ञानमा खान्न तथा इलेइडेनको जैविकोषिकाको सिद्धान्त र डार्विनको विकासवाद उल्लेखनीय रहेका छन् ।

आर्थिक दृष्टिले पीछडिएका देशले दर्शनमा नेतृत्व गर्न सक्छन्, जस्तै अठारौं शताब्दीमा इंगल्याण्डको दर्शनमाथि नै आफ्नो दर्शनलाई आधारित बनाउने इंगल्याण्डको तुलनामा अगाडि बढ्यो अथवा जर्मनी यी दुवैको तुलनामा अगाडि उभियो ।

अतः यी सबै नयाँ खोजको परिणाम प्रकृति विज्ञानमा यान्त्रिक तथा अधिमूतवादी चिन्तनका विरुद्ध द्वन्द्ववादको स्थापना, प्रकृति तथा प्रकृति विज्ञान द्वन्द्ववादी रहेको पुष्टि, प्रकृतिका प्रक्रियाहरूबारे परिकल्पनाका स्थानमा भौतिकवादी पुष्टि हुनु र यस स्थितिमा तथाकथित प्रकृति दर्शनको अन्त्य भै प्रकृति विज्ञानका विविध शाखाहरूले स्वतन्त्र विज्ञान बन्नका लागि राम्रो आधार तयार भयो । र यो पनि मार्क्सवादको जन्मको लागि महत्वपूण् आधार बन्न पुग्यो ।

३. सैद्धान्तिक पूवाधार

मार्क्सवादका सैद्धान्तिक पूवाधारहरू तीनवटा रहेका छन् । जर्मन दर्शन शास्त्र, अंग्रेजी राजनीतिक अर्थशास्त्र र फ्रान्सेली समाजवाद

क. उन्नाइसौं शताब्दिमा जर्मनीमा हेगेल र फायरवाखमा आएर दर्शनले एउटा उत्कर्षप्राप्त गरेको थियो । हेगेलले द्वन्द्ववादको चरम रूपमा विकास गरेका थिए । तर हेगेलको द्वन्द्ववाद अगाडि विकासीत हुन सक्तैन थियो, किनकी उनको द्वन्द्ववादको चरम सिमा निरपेक्ष विचार थियो । एंगेल्सले यसलाई हेगेलीय प्रणालीको एक भयंकर र अन्तिम भू भ्रणपात बताउनु भएको थियो । हेगेलको यो निरपेक्ष विचार उनको आदर्शनवादकै अभिव्यक्ति-थियो । यसैगरी त्यो बेला आदर्शवादका विरुद्ध फायरवाखको भौतिकवाद थियो । तर त्यो यान्त्रिक र साथै नैतिकताको मामिलामा आदर्शवादी थियो ।

दर्शनका क्षेत्रमा भएको सबभन्दा पहिलो विकास शास्त्रीय जर्मन दर्शनका रूपमा हेगेलको द्वन्द्ववाद र फायरवाखको भौतिकवाद थियो । हेगेल द्वन्द्ववादी थिए, तर भौतिकवादी थिएनन्, आदर्शवादी थिए । फायरवाख भौतिकवादी थिए तर द्वन्द्ववादी थिएनन् । अतः तत्कालिन समयमा देखापरेका यी दुवै दर्शनका मूल्यवान तथा सुसंगत विचारहरूलाई आत्मसात गरेर मार्क्स-एंगेल्सले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनको विकास गरे ।

ख. त्यसै क्रममा इंगल्याण्डमा राजनीतिक अर्थशास्त्रको नयाँ ढंगले विकास हुँदै गएको थियो । यस कार्यमा आदम स्मिथ र डेविट रिकार्र्डोले महत्वपूण् भूमिका निर्वाह गरेका थिए । उनीहरूले भनेका थिए- सबै सम्पति र मूल्यको मूल श्रोत श्रम हो । यो एउटा महत्वपूण् प्रस्थापना थियो । मजदूरले आफ्नो श्रमबाट जुन मूल्यको सृष्टि गर्दछ, त्यो उसले पुरै प्राप्त नगरि किन पूँजीपति वर्गलाई दिनर्ुपर्दछ भन्ने प्रश्न खडा गरि दिएका थिए, तर यो अन्तरविरोधको समाधान कसरी हुन सक्छ – उनीहरूले यो प्रश्नको जवाफ खोज्न सकिरहेका थिएनन् । तब स्मिथ र रिकार्र्डोले अगाडि सारेका मूल्यका श्रमसिद्धान्तका आधारमा मार्क्सले अतिरिक्त मूल्यको सिद्धान्तको रूपमा नयाँ सिद्धान्तलाई विकसीत गरे ।

ग. त्यसै क्रममा नै पान्सेली समाजवादको धारा पनि कैयौं नयाँ विचार लिएर अगाडि बढ्यो । यस सर्न्दर्भमा प|mानसका सेन्ट साइमन तथा चार्ल्स फुटिए र इंगल्याण्डका रोवर्ट ओवेनहरू प्रमुख रहेका छन् । समाजमा बढ्दै गएको पूँजीवादी उत्पडिन पूँजीपति र मजदुर वर्गको बीचको अन्तरविरोध, पान्सेली राज्य क्रान्तिका स्वतन्त्रता, समानता र भातृत्वका सपनाहरूको ध्वंस पूँजीपति वर्गको छलकपट, होडवाजी, भ्रष्टाचार र चरम अनैतिकताका कारण तिनको पूँजीवादप्रतिको मोह समाप्त हुँदै गयो । तिनले दार्शनिक तर्क बुद्धिवादका आधारमा एक सुन्दर सामन्जस्यपर्ूण्ा र शोषणविहिन समाज स्थापना गर्ने कुराको अर्थात् समाजवाद र साम्यवादको आदर्श प्रस्तुत गरे तर वास्तविक जीवनमा त्यस प्रकारको समाज कसरी स्थापना गर्न सकिन्छ भन्ने ठोस विचार उनीहरूले र रूपरेखा प्रस्तुत गर्न उनीहरूले सकेनन् । यो सबैको सही संश्लेष्णा र विज्ञान सम्मत स्पष्टिकरण अनिवार्य बन्न गयो । त्यो काम मार्क्सवादले मात्र पूरा गर्यो ।

मार्क्सवादको उदयले दार्शनिकत फाटमा क्रान्ति

कार्ल मार्क्स -१८१८ – १८८३) ले प्राचीन युनानको सहज भौतिकवाद र द्वन्द्ववाद, विशेषतः कान्टदेखि हेगेलसम्म विकसीत हुँदै गएको जर्मन शास्त्रीय दर्शन हेगेलको द्वन्द्ववाद र फायरवाखको भौतिकवादको गम्भीर अध्ययन गर्नुभयो । हेगेलमा द्वन्द्ववादको चरम विकास भएको थियो तर उनी आदर्शवादी थिए । फायरवाखमा भौतिकवादको राम्रो विकास भएको थियो तर उनी अधिभूतवादी धार्मिक नैतिक क्षेत्रमा आदर्शवादी थिए । मार्क्स एंगेल्सले हेगेलको आदर्शवादको विरोध गर्दै उनको द्वन्द्ववादलाई अंगीकार गर्नुभयो । त्यस्तै उहाँहरूले फायरवाखमा विद्यमान अधिभूतवाद र आदर्शवादको विरोध गर्दै उनको भौतिकवादलाई अंगाल्नु भयो । यसरी मार्क्स-एंगेल्सले द्वन्द्ववाद र भौतिकवादलाई परिमार्जित, संश्लेषित र एकीकृत बनाउँदै नयाँ दर्शनको आधारशिला तयार पार्नुभयो ।

कार्ल मार्क्सद्वारा दार्शनिक फाँटमा सम्पन्न क्रान्तिलाई बुझ्नको निम्ति प्रकृति विज्ञान र इतिहास विज्ञान बारे केही प्रष्ट हुन जरुरी छ । मार्क्सभन्दा पहिले यि दुवै विज्ञानको क्षेत्रमा आदर्शवाद र अधिभूतवाद व्याप्त थिए । मार्क्सले प्रकृति विज्ञान र इतिहासलाई अधिभूतवादबाट मुक्त गरि स्वतन्त्र विज्ञानको हैसीयत प्रदान गर्नुभयो र साथै दर्शनको पनि विशिष्ट क्षेत्र निर्धारण गर्नुभयो । त्यसरी नै मार्क्स एंगेल्सले इतिहास विज्ञानको क्षेत्रमा हात हाल्नुभयो र इतिहासको भौतिकवादी मान्यताको आविस्कार गर्नुभयो । इतिहासको यो भौतिकवादी मान्यतालाई आधार बनाउँदै मार्क्स एंगेल्स कुन निष्कर्षा पुग्नुभयो भने आदिम युगलाई छोडेर समस्त विगतको इतिहास वर्ग संर्घष्ाको इतिहास हो ।

मार्क्स एंगेल्सले दार्शनिक फाँटमा ठूलो क्रान्ति गर्नुभयो । उहाँहरूले प्रकृति विज्ञान र इतिहासको क्षेत्रमा वास्तविक अन्तः सम्बन्धका ठाउँमा काल्पनिक अन्तः सम्बन्ध प्रस्तुत गर्ने आदर्शवाद र अधिभूतवादका विरुद्ध संर्घष्ा चलाउँदै ती दुवै क्षेत्रका वैज्ञानिक नियमहरूलाई राम्रोसँग उद्घाटन गर्नुभयो । प्रकृति, समाज र चिन्तनमा विद्यमान गतिका सामान्य नियमहरूको खोज गर्नु नै यो उद्घाटनको वास्तविक कुञ्जी बन्न गएको छ । अतः यस प्रकारको अध्ययन र खोजले एकातिर प्रकृति दर्शन र इतिहास दर्शनको प्रभुत्वबाट प्रकृति विज्ञान र समाज विज्ञानका विविध शाखाहरूलाई मुक्त गरि तिनलाई स्वायत्त विज्ञानको हैसीयत प्रदान गर्यो भने अर्कोतिर एक विशिष्ट सकारात्मक विज्ञानका रूपमा दर्शनशास्त्रलाई अर्न्तर्वस्तु तथा रूप दुवै दृष्टिले परिमार्जित गरि नयाँ ढंगले विकसीत गर्ने काम भयो । तर्सथ यस प्रकारको नयाँ संश्लेष्णबाट र्सवहारा वर्गको वैचारिक अस्त्रका रूपमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको प्रादर्ूभाव हुन्छ, त्यो पुरानो ढंगको दर्शनशास्त्र नभई नयाँ विश्व दृष्टिकोण बन्न पुग्दछ ।

द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद

र्सवहारावर्गको चिन्तन तथा विश्वदृष्टिकोणलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भनिन्छ, यो दर्शन हेगेल र फायरवाख सहित विगतका सबै दर्शन भन्दा गुणात्मक रूपमा भिन्नछ । मार्क्सले एकातिर फायरवाख सहितको यान्त्रिक भौतिकवादको आलोचना तथा खण्डन गर्नुभयो भने अर्कोतिर हेगेलको आदर्शवादलाई सुल्टो तुल्याउनु भयो । मार्क्सको द्वन्द्ववाद उहाँको आफ्नो भनाई अनुसार सारमा आलोचनात्मक र क्रान्तिकारी रहेको छ । यस प्रकारको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको असली सारतत्व मार्क्सका शब्दमा विश्वको केबल व्याख्या मात्र होइन, गाठी कुरा त त्यसलाई बदल्नु हो ।

एंगेल्सले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई मार्क्सवादी विश्वदृष्टिकोणको रूपमा उल्लेख गर्नुभएको छ । मार्क्सवादी विश्वदृष्टिकोणको महत्वमाथि प्रकाश पार्दै मार्क्सको शिक्षा र्सवशक्तिमान छ । किनभने त्यो सत्य छ । त्यो सम्पर्ूण्ा तथा समग्रता पर्ूण्ा छ र मानिसलाई एक यस्तो अखण्ड विश्वदृष्टिकोण प्रदान गर्दछ जुन कुनै पनि प्रकारको अन्धविश्वास प्रतिक्रियावादी प्रवृत्ति या पूँजीवादी उत्पीडनको कुनै पनि पक्षपोषणको कहर विरोधी छ” भन्न भएको छ । स्टालिनले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई मार्क्सवादी लेनिनवादी पार्टीे विश्वदृष्टिकोण हो” भन्नु भएको छ ।

द्वन्द्वात्मक भौतिकवादले प्रकृतिका परिघटनाहरूलाई हर्ेर्ने त्यसको अध्ययन गर्ने र बुझ्ने यसको तरिका द्वन्द्ववादी छ । प्रकृतिक परिघटनाहरूको यसको सिद्धान्त त्यस सबन्धित यसको धारणा भौतिकवादी छ । सामाजिक जीवनको अध्ययनमा द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तहरूको विस्तार र प्रयोग र ऐतिहासिक भौतिकवाद हो । यो र्सवहारा क्रान्तिको विज्ञान, कम्युनिष्ट पार्टीीे विश्वदृष्टिकोण, र्सवहारा वर्गको संर्घष्ाको दर्शन र अन्तरविरोधको विज्ञान समेत हो । यस प्रकृति, समाज र चिन्तनका गतिका सामान्य नियमहरूलाई द्वन्द्ववादी ढंगले अध्ययन गर्दछ र यस प्रकारका भौतिकवादी व्याख्या तथा द्वन्द्ववादी अध्ययनका आधारमा समग्र चिन्तन प्रणालीलाई एकीकृत विश्वदृष्टिकोणका रूपमा संश्लेषण गर्दछ ।

द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको मूल विषयलाई निम्न अनुसार प्रस्तुत गर्न सकिन्छ ।

पहिलो – द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त

दोश्रोः द्वन्द्वात्मक भौतिकवादको पद्धति

तेश्रोः द्वन्द्वात्मक भौतिकवादको ज्ञान सिद्धान्त

चौथोः ऐतिहासिक भौतिकवादको सिद्धान्त ।

यस विषयमा माओ, भन्नुहुन्छ- “मार्क्सवादका तीन वटा संघटक अंगहरू हुन् वैज्ञानिक समाजवाद, दर्शन र राजनीतिक अर्थशास्त्र, त्यसको जग समाज विज्ञान र वर्गसंर्घष् हो ।”

द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तः

द्वन्द्वात्मक भौतिकवाद

द्वन्द्ववाद र भौतिकवादको संश्लेषणबाट द्वन्द्वात्मक भौतिकवाद बन्द छ । द्वन्द्वात्मक भौतिकवादबारे आवश्यक जानकारी प्राप्त गर्नका लागि र्सबप्रथम पदार्थ र गति र काल तथा पदार्थ र चेतनाबारे संक्षिप्त रूपमा जान्न आवश्यक हुन्छ ।

क. पदार्थ र गति

भौतिकवादले भौतिक पदार्थलाई विश्वको प्राथमिक तत्वको रूपमा अध्ययन गर्दछ । द्वन्द्ववादले भौतिक पदार्थमा विद्यमान गतिको यसको अध्ययन गर्दछ । यी दुवैको अध्ययनको पूण्ाता द्वन्द्वात्मक भौतिकवाद हुन्छ । द्वन्द्वात्मक भौतिकवाद पदार्थ र गतिको एकताको मान्यतामा आधारित छ ।

पदार्थ के हो भन्ने कुराको अध्ययन आवश्यक हुन्छ । पदार्थ के हो भन्ने विषयमा लेनिन भन्नु हुन्छ- “पदार्थ त्यस वस्तुपरक यथार्थलाई अंकित गर्ने एक दार्शनिक पर््रवर्ग हो जुन मान्छेमा उसका संवेदनाहरूद्वारा प्राप्त हुन्छ र जसलाई हाम्रा संवेदनाहरूबाट सवतन्त्र रूपले अस्तित्वमा रहेका तिनीद्वारा प्रतिलिपित फोटोचित्रित र प्रतिविम्बित गरिन्छ ।” अतः पदार्थ मान्छेको मनबाहिर स्वतन्त्र रूपले अस्तित्वशील र संवेदनाहरूद्वारा हाम्रो मनमा प्रतिविम्बिनत हुन्छ । लेनिनको भनाइ अनुसार पदार्थलाई प्रतिविम्बित हुन्छ । लेनिनको भनाइ अनुसार पदार्थलाई यसरी ने बुझ्नु पर्ने हुन्छ ।

गति के हो त – गतिका बारेमा फेडरिक एंगेल्स भन्नुहुन्छ- “ज्यादै सामान्य अर्थमा गतिलाई पदार्थको अस्तित्वको अवस्था आन्तरिक गुण, स्थानपरिवर्तनदेखि चिन्तनसम्म विश्वमा घटित हुने सबै परिवर्तन र प्रक्रियाका रूपमा बुझ्नु पर्दछ ।” त्यस्तै अर्को ठाउँमा एंगेल्स भन्नुहुन्छ “गति स्वयं एक अन्तरविरोध हो ।” अब हामीले समग्रतामा के कुरा बुझ्नु पर्दछ भने गति भनेको पदार्थको अस्तित्वको अवस्था, गुण र सबै परिवर्तनको कारक तत्व हो । अर्थात् गति पदार्थमा विद्यमान अन्तरविरोधको नाम हो भन्ने कुरा बुझ्नु पर्दछ । तर्सथ गति र पदार्थ एक अर्कासँग घनिष्ट रूपले गासिएका छन् । अतः पदार्थ र गति सम्बन्धि यस प्रकारको अध्ययनबाट कुन कुराको पुष्टि हुन्छ भने विश्वको अस्तित्व द्वन्द्वात्मक भौतिकवादी प्रक्रियामा आधारित रहेको छ । विश्वको जन्म र विकासका लागि कुनर्ैर् इश्वर, निरपेक्ष विचार, परमात्मा जस्ता काल्पनिक कुराको आवश्यकता पर्दैन ।

दिशा र कालः

यहाँनेर वास्तविक कुरा के हो भने विश्वमा गतिशील पदार्थको अस्तित्व दिशा र काल अन्तरगत मात्रै कायम रहन सक्तछन् । त्यस्तै दिशा र कालबारे आदर्शवादी र भौतिकवादीहरूका बीच ठूलो विवाद चल्दै आएको छ । सार संग्रहवादी डयूहरिङका विरुद्ध दिशा र काल सम्बन्धि प्रश्नमा एंगेल्सले दिएका तर्कमाथि ध्यान दिँदै लेनिन भन्नुहुन्छ- “के दिशा र काल वस्तुपरक हुन या आत्मपरक, के दिशा र कालसम्बन्धि हाम्रा सापेक्ष अवधारणाहरू सत्ताको वस्तुपरक रूपहरूका सन्निकट छन् या ती मानिसका विकसित, संगठित, सामञ्जस्यपूण् चिन्तनका उपज मात्र हुन् – यही र यही र केबल यही ज्ञान मिमांसाको प्रश्न हो जसमा सही अर्थमा आधारभूत दार्शनिक प्रवृत्तिहरू विभक्त छन् । अतः यो नै दिशा र काल सम्बन्धि दर्शनशास्त्रको मूल प्रश्न हो । तर्सथ यस प्रश्नको जवाफ दिने क्रममा जसले दिशा र कालसम्बन्धि हाम्रा अवधारणालाई वस्तुगत यथार्थका अभिव्यक्ति मान्दछन्, ती भौतिकवादी हुन्, यसको उल्टो तिनलाई चेतना वा विचारको उपज मान्नेहरू आदर्शवादी हुन् ।

दिशा र कालसम्बन्धि द्वन्द्वात्मक भौतिकवादी मान्यता प्रस्तुत गर्दै लेनिन भन्नुहुन्छ- “विश्वमा गतिमान पदार्थका अतिरिक्त अरु केही छैन र गतिमान पदार्थ दिशा र काल अन्तरगत नै गतिमान हुन सक्छन् । दिशा र कालका मानव अवधारणाहरू सापेक्ष छन्, तर यो अवधारणाहरू मिले निरपेक्ष सत्य बनाउँछन् । यो सापेक्ष अवधारणाहरू विकसित हुँदै निरपेक्ष सत्यतर्फबढ्दछन् र उत्तरोत्तर त्यसको नजिकै पुग्न जान्छन् ।”

लेनिनको यो कुराका आधारमा हामीले के भन्न सक्छौ भने जसरी गतिशील पदार्थ अनादि र अनन्त छ, असिर्जित र अविनासी छ, ठिक त्यसरी नै दिशा र काल पनि अनादि र अनन्त, असिर्जित र अविनासी छन् । दिशा र काल वस्तुगत जगतका, गतिशील पदार्थका अस्तित्वका रूप हुन्, ती मानव चेतना बाहिर वस्तुगत रूपमा स्वतन्त्र रूपले अस्तित्वमा छन् र तिनको हामीले संज्ञान प्राप्त गर्न सक्तछौं । तर्सथ दिशा र काल सम्बन्धि हाम्रो ज्ञान वस्तुगत यथार्थ जस्तै सापेक्षता र निरपेक्षताको द्वन्द्वात्मक विकास प्रक्रियामा आधारित रहेको छ ।

पदार्थ र चेतना

पदार्थ र चेतना सम्बन्धि फरक फरक दार्शनिक अवधारणाहरू छन् । आदर्शवादीहरू चेतनालाई पहिलो र पदार्थलाई चेतनाको उपज मान्दछन् । तर भौतिकवादीहरू पदार्थलाई पहिलो र चेतनालाई पदार्थको उपज मान्दछन् । वा कोरा नक्कलका रूपमा ग्रहण गर्दछन् । तर द्वन्द्वात्मक भौतिकवादीहरू चेतनालाई पदार्थको सुसंगठित तथा गुणात्मक ढंगले विकासित प्रतिविम्बनको उच्च अभिव्यक्ति मान्दछन् ।
पदार्थबाट चेतनाको विकास हुन्छ । चेतना पदार्थ गतिको सर्वोच्च रूप हो । पदार्थबाट जीवन, जीवनबाट मस्तिष्क र मस्तिष्कबाट चेतनाको जन्म हुन्छ । चेतनाका विभिन्न रूपहरू हुन्छन् ती हुन् संवेदना, भावना, विचार, संकल्प चिन्तन, अवधारणा, सिद्धान्त, दृष्टिकोण आदि ।

भाषा र चेतनाः

मानव समाजको विकास लामो प्रक्रियाबाट अगाडि बढेको हो । मानव समाजको विकासमा श्रमशक्ति र बोली अर्थात् भाषाको महत्वपूण भूमिका हुन्छ । साथै यसले चेतनाको विकासमा पनि गुणात्मक धक्का दिन्छ । भाषा र चेतना परस्पर सम्बन्धित रहेका छन् ।

अतः भाषा सूचनाको एक यस्तो व्यवस्थित प्रणाली हो जुन संकेतमा आधारित हुन्छ । श्रम प्रक्रियाको बीचमा मान्छेले दर्ुइ प्रकारको सम्बन्ध कायम गर्दछ एउटा प्रकृतिसँग र अर्को मान्छेहरू सँग मान्छेको प्रकृतिसँगको सम्बन्ध औजारहरू मार्फ अभिव्यक्ति हुन्छ, यो उत्पादक शक्तिहरूसँग सम्बन्धित विषय हो । मान्छेको मान्छेसँग सम्बन्ध भाषा मार्फ अभिव्यक्त हुन्छ, यो उत्पादनसँग सम्बन्धित विषय हो । मार्क्स भन्नु हुन्छ- “चिन्तनको जीवित अभिव्यक्तिको मूल वस्तु भाषा हो ।” भाषाले मानिसका अनुभूति, विचार र ज्ञानलाई भण्डारण वा सञ्चय पनि गर्दछ । मानिसले आफ्ना अनुभव र ज्ञानलाई पीढिं दर पीढिं जसरी सुरक्षित गर्ने काम गर्दै आएको छ यसका पछाडि भाषाको महत्वपूण् भूमिका रहेको छ । हामीले बुझ्नै पर्ने अर्को महत्वपूण् कुरा के हो भने यसैगरि भाषाले विचारका साथै संस्कृतिको पनि भण्डारण गर्दछ ।

यसका अतिरिक्त द्वन्द्ववादका नियम र मूल तत्वहरू, मार्क्सवादी ज्ञान सिद्धान्त सम्बन्धि समग्र विषयवस्तुहरू र द्वन्द्ववादका पर््रवर्गहरूका बारेमा समेत विषद प्रकाश पार्न आवश्यक हुन्छ । तर यहाँ यो सानो लेखमा यि सबै विषयवस्तुहरू समावेश गर्न अर्समर्थ भएकाले ती विषयहरूलाई मार्क्सवादको मूल विषयवस्तुसँगै जोडेर अध्ययन गर्न जरुरी हुन्छ ।र्दर्शनशास्त्रको इतिहासमा हामीले के पाउँदछौं भने द्वन्द्ववाद मूलतः तीन रूप र चरणमा प्रकट हुँदै विकसित भएको छः प्राचीन दर्शनशास्त्र विशेषतः युनानी दर्शनशास्त्रको द्वन्द्ववाद, काण्टदेखि लिएर हेगेलसम्मको शास्त्रीय जर्मन दर्शन शास्त्रको द्वन्द्ववाद र मार्क्स, एंगेल्स, लेनिन तथा माओद्वारा विकसित द्वन्द्ववाद । यी सबै चरणका सबै रूपमा द्वन्द्ववादले आफ्नो समयका आ आफ्ना विशिष्टता सहितका अधिभूतवादका विरुद्ध लड्दै आएको हामीले पाउँदछौं । तर अधिभूतवादका विरुद्ध क्रान्तिकारी ढंगले निर्णायक लडाइ लड्नेमा तेश्रो चरणकोद्वन्द्ववादकै प्रमुख भूमिका रहेको छ । दर्शनशास्त्रको इतिहासमा द्वन्द्ववाद र अधिभूतवादका बीच निरन्तर संर्घष्ा चल्दै आएको छ । अधिभूतवादका विरुद्ध द्वन्द्ववादको लडाइलाई ठिकसित बुझ्नका लागि प्रकृतिविज्ञान र इतिहास विज्ञानबारे राम्रोसित बुझ्न आवश्यक हुन्छ ।

प्रकृति विज्ञान र दर्शन, इतिहास र दर्शन, अधिभूतवाद र द्वन्द्ववादका ऐतिहासिक रूपहरू र भौतिकवादी द्वन्द्ववादका बारेमा अध्ययन गर्न जरुरी हुन्छ । यसै भित्र संकेद्रुत रहेर परिवर्तन र स्थिरताः दुइ भिन्न दृष्टिकोण, शून्यवाद र द्वन्द्ववाद, यान्त्रिकतावाद र द्वन्द्ववाद, भँडुवा विकासवाद र क्रमभङ्गको पद्धति, सारसंग्रहवाद र द्वन्द्ववाद, बहुलावाद र एकत्ववाद, एकमनावाद र द्वन्द्वात्मक एकत्ववाद र विखण्डनवाद र अखण्डतावादका बारेमा राम्रोसीत अध्ययन गर्न आवश्यक हुन्छ ।

यहाँनेर हामीले बुझ्नुपर्ने कुरा के छ भने कार्ल मार्क्सद्वारा विकसित भौतिकवादी द्वन्द्ववाद नै नयाँ द्वन्द्ववाद हो । भौतिकवादी द्वन्द्ववाद मार्क्सवादी दर्शनको चिन्तन पद्धति हो । अतः सारमा यो वस्तुको विकासप्रक्रियालाई सही ढंगले अभिव्यक्त तथा प्रस्तुत गर्न र्सवहारा वर्गको विश्व दृष्टिकोण हो ।

काल मार्क्स -सन् १८१८ – १८८३) र फेडरिक एंगेल्स -सन् १८२० – १८९५) ले सन् १८४८ फेब्रुअरीमा कम्युनिष्ट लिग मार्फ कम्युनिष्ट घोषणा पत्र जारी गरेर मार्क्सवाद प्रतिपादन गर्नुभयो । मार्क्सवादको यस ऐतिहासिक प्रतिपादनले दर्शनको क्षेत्रमा महान् क्रान्ति ल्याइदियो । मार्क्सवादी दर्शनको जन्म मानव चिन्तनको उज्जवल तथा प्रगतीशील परम्परालाई आत्मसात गरेर भएको हो । वर्गीय समाजमा प्रत्येक दर्शन वर्गीय हुने कुरा मार्क्सवादी दर्शनमा पनि लागु हुन्छ । मार्क्सवादी दर्शन र्सवहारावर्गको दर्शन हो । यस दर्शनलाई स्टालिनले मार्क्सवादी-लेनिनवादी पार्टर्ीीे विश्वदृष्टिकोणका रूपमा परिभाषित गरेका छन् ।

मार्क्सवादी दर्शनको उत्पति ऐतिहासिक आवश्यकताबाट भएकोले र्सवहारावर्गका लागि एक साँच्चिकै वैज्ञानिक दर्शनको खाँचो पूरा गर्ने गरी मार्क्सवादको प्रतिपादन हुनुले मार्क्सवादी दर्शन अर्थात् द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनले पुरानो पूँजीवादको विनास र नयाँ साम्यवादी विश्वको सिर्जनाका लागि र्सवहारावर्गलाई द्वन्द्वात्मक भौतिकवादी दर्शनको न्यायोचित आधार र निर्देशन प्रदान गरेको छ । यसमा विश्व र्सवहारा वर्गले संसारलाई ठिकसित बुझ्ने र त्यसलाई फेर्ने एक अचुक बौद्धिक अस्त्र भेटाएको छ । यस विषयमा लेनिनले भनेका छन्- “मार्क्सवादी दर्शन एउटा यस्तो परिपूण दार्शनिक भौतिकवाद हो जसले मानवजातीलाई र खास रूपले मजदूर्रवर्गलाई ज्ञानको शक्तिशाली औजार प्रदान गरेको छ ।” मानव समाजमा र्सवहारावर्ग सबैभन्दा शक्तिशाली वर्ग हो ।

यस विषयमा कार्लमार्क्स स्वयंले यसरी व्याख्या गरेका छन्- “जसरी दर्शनले र्सवहारावर्गमा आफ्नो भौतिक हतियार भेटाउँछ, त्यसरी नै र्सवहारावर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार भेटाउँछ ।” त्यसैगरी मार्क्सवादको दार्शनिक पक्षको हत्वलाई माओत्सेतुङले यसरी दर्शाएका छन्- “मार्क्सवाद ज्ञानका अनेक शाखाहरूबाट बनेको छ, मार्क्सवादी दर्शन, मार्क्सवादी अर्थशास्त्र र मार्क्सवादी समाजवाद अर्थात् वर्गसंर्घष्ाको सिद्धान्त तर जग चाहिँ मार्क्सवादी दर्शन हो । यदि त्यसलाई मनन गरिदैन भने हाम्रो एउटा साझा भाषा वा कुनै साझा तरिका हुने छैन, हामी चीजहरूलाई स्पष्ट नपारीकन यताउताको कुरा तर्क मात्र गरिरहेका हुनेछौं । द्वन्द्वात्मक भौतिकवादलाई मनन गरि सकेपछि थुप्रै दुःख कष्टबाट जोगिने छ र धेरै गल्तीहरू हट्ने छन् ।
मार्क्स र एंगेल्सले आफ्नो समयमा एकातिर लासाल तथा प्रुधोको सुधारवाद एवं अवसरवाद र ब्लाङ्की तथा बाकुनिनको उग्रवामपन्थि अराजकतावाद जस्ता दुइ थरी गलत प्रवृत्तिका विरुद्ध संर्घष्ा गर्दै मार्क्सवादी सिद्धान्तको रक्षा र विकास गर्दै त्यसलाई समृद्धशाली तुल्याउनु भयो ।

लेनिनवाद के हो ?

पहिलो पटक रुसमा सन् १८८३ मा मार्क्सवादी समूहको विकास भयो । त्यो पलेखानोभको नेतृत्वमा गठन गरिएको मजदूर मुक्ति दल थियो । यहि नै रुसमा स्थापित कम्युनिष्ट पार्टीीथयो र यसलाई लेनिन -सन् १८७० – १९२४) ले नयाँ ढंगले विकास गर्नुभयो ।

मार्क्सवादको गुणात्मक विकासको दोश्रो चरण लेनिनवाद हो । पुँजीवादले साम्राज्यवादमा प्रवेश गर्नु उत्पादन शक्ति, र्सवहारा आन्दोलन तथा ज्ञान विज्ञानका विविध क्षेत्रमा थप प्रगति हुँदै जानु र यस प्रकारको नयाँ परिस्थिति अनुरूप मार्क्सवादलाई नयाँ उचाँमा विकसित गर्नुपर्ने ऐतिहासिक आवश्यकताका बीचबाट लेनिनवाद जन्मियो । पूँजीवादको चरम अवस्था साम्राज्यवाद भएको व्याख्या गर्दै लेनिनले साम्राज्यवाद र र्सवहारावर्ग बीच भीषण संर्घष्ा हुने कुरा उल्लेख गर्नुभयो । लेनिनवाद भनेको साम्राज्यवाद र र्सवहारा क्रान्तिको युगको मार्क्सवाद हो भनेर स्टालिनले व्याख्या गरेका छन् । लेनिनवाद सामान्यतया र्सवहाराक्रान्तिको सिद्धान्त तथा कार्यनीति र विशेषतः र्सवहारावर्गको अधिनायकतन्त्रको सिद्धान्त र कार्यनीति हो । लेनिनले मार्क्सवादको रक्षा र विकास मात्रै गर्नुभएन, सन् १९१७ अक्टुबर २५ का दिन महान् रुसी अक्टुबर समाजवादी क्रान्ति आफनै नेतृत्वमा सम्पन्न गर्नुभयो ।

लेनिन विश्वर्सवहारा वर्गका महान् नेता र लेनिनवादका प्रवर्तक हुनुहुन्छ । सिद्धान्त र विश्व दृष्टिकोण बारे लेनिनका महत्वपुर्ण् शिक्षा रहेका छन् । लेनिनवाद, सिद्धान्त, विश्वदृष्टिकोण र शिक्षाबारे माओ भन्नु हुन्छ, “लेनिनवादको सिद्धान्तले मार्क्सवादको विकास गरेको छ । यो कुन सर्न्दर्भमा भएको छ भने प्रथम, विश्वदृष्टिकोणमा, भौतिकवाद र द्वन्द्ववादमा र द्वितीय क्रान्तिकारी सिद्धान्त र कार्यनीतिमा विशेषतः वर्गसंर्घष्ा, र्सवहारा वर्गको अधिनायकत्व र र्सवहारा वर्गका राजनीतिक पार्टी प्रश्नहरूमा र यसका साथै समाजवादी निर्माणमा लेनिनका शिक्षाहरू रहेका छन् ।”

अतः यहाँ लेनिनवादले मार्क्सवादको विकासमा जुन उचाइ थपेको छ, त्यस विषयबारे स्टालिन र माओका भनाइहरूले सटिक र सूत्रबद्ध रूपमा प्रकाश पारेका छन् । लेनिनले मार्क्सवादी विश्वदृष्टिकोणमा जुन नयाँ उचाई थप्नु भयो त्यो मार्क्सवादी ज्ञानभण्डारमा महत्वपूण् उपलब्धि हो । जस्तो कि
पहिलोः आदर्शवादी प्रकृतिक वैज्ञानिक तथा दार्शनिकहरू र संशोधनवादीहरू जसले पदार्थको लोप भयो भन्ने निष्कर्षनिकालेका थिए तिनका विरुद्ध लेनिनले विज्ञानका थप विकसित सामाग्रीका आधारमा द्वन्द्वात्मक भौतिकवादको दर्शनकोमौलिक प्रश्नमा नयाँ आयाम प्रदान गर्नुभएको छ ।

दोश्रोः लेनिनले द्वन्द्ववादी पद्धतिको थप व्याख्या, विश्लेषण र परिमार्जन गरि त्यसमा अग्रिम विकास र मूर्तिकरण गर्नुका साथै वहाँले भडुवा विकासवादका विरुद्ध भीषण संर्घष्ा गरि द्वन्द्ववादको विपरितहरूको एकता र गुणात्मक छलाङ्गको सिद्धान्तमा नयाँ आयाम थप्नु भएको छ ।

तेश्रोः ज्ञानसिद्धान्त सम्बन्धि अर्थात् द्वन्द्वात्मक भौतिकवादको ज्ञानसिद्धान्तमा प्रतिविम्बितको सिद्धान्त ज्ञानको वक्रता तथा बहुविधताबारे लेनिनले कैयौं नयाँ कुराहरूको उजागर गर्नुभएको छ ।

चौथोः लेनिनवादी संगठनात्मक सिद्धान्त अन्तरगत जनवादी केन्द्रीयताको सिद्धान्तलाई वैज्ञानिकीकरण गर्नुभएको छ ।

पाँचौः ऐतिहासिक भौतिकवादको क्षेत्रमा समाज विकासका उत्प्रेरक शक्तिको अबमूल्यन गर्ने आत्मपरतावाद, चेतनाको भूमिकालाई नकार्ने स्वस्फूर्तवाद, जनताको भूमिकालाई निषेध गर्ने अराजकतावाद, सामाजिक चिन्तन र सामाजिक सत्तालाई एउटै ठान्ने तथा उत्पादक शक्तिको सिद्धान्तको पूजा गर्ने संशोधनवादका विरुद्ध लेनिनले कडा संर्घष्ा चलाउनु भएको थियो । साम्राज्यवादको सारतत्वलाई एकाधिकार पूँजीवादका रूपमा औल्याई र्सवहारा क्रान्तिको सिद्धान्तलाई परिमार्जन गर्ने, साम्राज्यवादको युगमा युद्धको अपरिहार्यता र हिंसापूण् क्रान्तिको अनिवार्यतालाई व्यवस्थित रूपमा सैद्धान्तिक कारण गर्ने काममा लेनिनको उल्लेखनीय भूमिका रहेको छ ।

छैठौंः लेनिनले मार्क्सवादी लेनिनवादी विश्वदृष्टिकोणलाई क्रान्तिको कार्यदिशासँग गाँस्ने, बर्गदुश्ामन तथा संशोधनवादका विरुद्ध वर्गसंर्घष्ा र दुइलाइन संर्घष्ाका समस्याहरूको समाधान गर्दै वैज्ञानिक समाजवादको स्थापना तथा निर्माण गर्ने काममा अद्वितीय भूमिका रहेको छ । यी समग्र विषयवस्तुहरूले लेनिन कस्ता थिए भन्ने कुरा स्पष्ट पारेको छ ।

माओवाद के हो ?

कमरेड माओत्सेतुङ चीनीया कम्युनिष्ट पार्टी शिक्षाध्यक्ष र विश्व र्सवहारा वर्गका महान नेता हुनुहुन्छ । कमरेड माओको जन्म सन् १८९३ डिसेम्बर २६ मा चीनको हुनान प्रान्तको श्याङ्तान जिल्लाको शाओशान गाउँमा भएको थियो र मृत्यु सन् १९७६ सेप्टेम्बर ९ मा ८३ वर्षो उमेरमा भएको थियो । सन् १९१७ अक्टुबर २५ को महान् रुसी अक्टुबर समाजवादी क्रान्ति सम्पन्न भए पश्चात चीनमा मार्क्सवादको प्रवेश भएको थियो र सन् १९२१ जुलाइमा चीनिया कम्युनिष्ट पार्टीे स्थापना भयो । माओ पनि चीनिया कम्युनिष्ट पार्टी संस्थापक सदस्य हुनुहुन्थ्यो ।

कमरेड माओ दीघकालिन जनयुद्धको सिद्धान्तकार एवं प्रयोगकर्ता र माओवादका प्रवर्तक समेत हुनुहुन्छ । उहाँले चीनिया कम्युनिष्ट आन्दोलनलाई मात्र होइन, विश्व कम्युनिष्ट आन्दोलनलाई समेत महत्वपूण् योगदान पुर्याउनु भएको छ र उहाँका र्सार्वभौम योगदानहरूलाई स्वीकार नगर्नेहरू सच्चा कम्युनिष्ट बन्नै सक्तैनन् कमरेड माओले विशेष गरी दर्शनका क्षेत्रमा, राजनीतिक अर्थशास्त्रका क्षेत्रमा र वैज्ञानिक समाजवादका क्षेत्रमा जुन नयाँ ढंगले मूर्तिकृत र श्रुतिकृत गरे एक नयाँ आयाममा विकास गर्नुभयो त्यसले मार्क्सवाद-लेनिनवादको ज्ञानभण्डारमा महत्वपूण् योगदान पुर्यायो । यस लेखमा माओका ती र्सार्वभौम योगदानहरू, जसलाई स्वीकार नगरेर केही पनि सच्चा क्रान्तिकारी कम्युनिष्ट बन्नै सक्तैन ती माओका र्सार्वभौम योगदानहरूका बारेमा चर्चा गर्नुका साथै यहाँ माओवादका बारेमा समेत प्रकाश पार्ने काम गरिएको छ ।

कमरेड माओ माओवादका पर््रवर्तक र निरन्तर क्रान्तिका सिद्धान्तकार समेत हुनुहुन्छ । मार्क्सवाद गतिशील सिद्धान्त हो । मार्क्सवाद-लेनिनवादको गुणात्मक विकासको तेश्रो र नयाँ चरण नै माओवाद हो । माओवाद कमरेड माओले प्रतिपादन गरेको सिद्धान्त हो । यहाँनेर हामीले बुझ्नुपर्ने कुरा के हो भने सामन्तीवादी र साम्राज्यवादी शोषणको दोहोरो शोषण र उत्पीडनबाट आक्रान्त अविकसित देशहरूका क्रान्तिका समस्याहरूको समाधान गर्नुपर्ने, खास गरि सन् १९५३ मा स्तालिन मृत्यु पश्चात जसरी सन् १९५६ मा खु्रश्चोमी आधुनिक संशोधनवादको जन्मसँगै रुस एवं पूर्वी युरोपका कैयौं देशहरूमा पुँजीवादको पुनः स्थापनाका कारणहरूको खोज गरि त्यसबाट शिक्षा लिनुपर्ने तथा त्यसबाट उत्पन्न समाजवादी समाजका अन्तरविरोधहरूको समाधान गर्नुपर्ने र ख्रुश्चोमी आधुनिक संशोधनवादका विरुद्धको भीषण लर्डाई लड्नु पर्ने ऐतिहासिक आवश्यकताको पृष्ठभूमिमा कमरेड माओद्वारा मार्क्सवाद-लेनिनवादको थप परिमार्जन तथा विकास गरि त्यसलाई मार्क्सवाद लेनिनवाद-माओवादको तेश्रो, नयाँ र गुणात्मक उँचाइमा पुर्याउने काम भयो । यो नै माओको सबैभन्दा ठूलो र र्सार्वभौम योगदान थियो । यसरी विश्वर्सवहारा वर्गको पथप्रदर्शक र मार्गदर्शनको रूपमा रहेको मार्क्सवाद-लेनिनवादलाई जुन माओवादमा विकसित तुल्याउने काममा माओको योगदानलाई र्सवप्रथम पेरुभियाली कम्युनिष्ट पार्टीसाइनिङपाथ) सहित अन्तर्रर्ााट्रयतावादी क्रान्तिकारी आन्दोलन र त्यसमा आबद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टीथा संगठनहरूले र्सवप्रथम सही मूल्याङ्कन गरेका थिए र त्यसलाई माओवाद पदावलीमा अभिव्यक्त गरेका थिए ।

फेरी पनि यहाँनेर हामीले बुझ्नै पर्ने कुरा के हो भने र्सवहारा क्रान्तिको विज्ञानको मार्क्सवाद-लेनिनवाद-माओवादका रूपमा यसरी भएको गुणात्मक विकासको प्रक्रियालाई हामी यहाँनेर यसरी प्रष्ट पार्न सक्छौ कि वर्ग संर्घष्ाको ऐतिहासिक अनुभव र विकासका क्रममा अन्तर्रााट्रय र्सवहारावर्गको क्रान्तिको विज्ञानको रूपमा मार्क्सवादको अनुसन्धन हुनपुग्यो । यो सिंगो मानव जातिकै लागि ऐतिहासिक एवं महत्वपूण्ा उपलब्धि थियो । जीवनभर अनवरत संर्घष्ा र महान प्रतिभाका परिचयका साथ कार्ल मार्क्सद्वारा उद्घाटित मार्क्सवादी विज्ञानको दर्शन, राजनीतिक अर्थशात्र एवं वैज्ञानिक समाजवाद गरि तीन प्रमुख संगठक अंग रहेको कुरा पनि हाम्रा सामु र्सवविदीतै छ । स्वयं एउटा विज्ञान भएकाले मार्क्सवादको निरन्तर विकास हुनु स्वाभाविक प्रक्रिया हो ।

हामी मार्क्सवादी-लेनिनवादी-माओवादीहरूले फेरी पनि यहाँनेर गहिराइका बुझ्नुपर्ने कुरा के पनि छ भने वर्गसंर्घष्ाका नयाँ अनुभव र समस्याहरूका सर्न्दर्भमा भी.आई. लेनिन -सन् १८७०-१९२४) द्वारा मार्क्सवादलाई त्यसको समग्रतामा विकासको दोश्रो चरण लेनिनवादको चरणमा पुर्याउने ऐतिहासिक कार्यभार पूरा भयो । आजको युगमा यो विज्ञान संर्घष्ाकै क्रममा विकासको जुन तेश्रो, नयाँ र उच्च चरणमा पुगेको यो तेश्रो नयाँ र उच्चचरण नै कमरेड माओत्सेतुङद्वारा विकास गरिएको माओवादको चरण हो । हामी क्रान्तिकारी कम्युनिष्टहरूलाई यो ज्यादै गौरवको विषय हो कि यसरी आज अन्तर्रााट्रय र्सवहारावर्गको हातमा एउटा र्सार्वभौम सिद्धान्तको सिंगो अमेद्य इकाइका रूपमा मार्क्सवाद-लेनिनवाद- माओवाद रहेको छ, जुन विश्वर्सवहारा वर्गको मुक्तिको पथप्रदर्शक र मार्गदर्शक सिद्धान्त बनेको छ । यो नै माओको एउटा महत्वपूण् र र्सार्वभौम योगदान हो विश्व र्सवहारा क्रान्तिका लागि ।

कमरेड माओले मार्क्सवादी दर्शन, मार्क्सवादी अर्थशास्त्र र मार्क्सवादी वैज्ञानिक समाजवादका क्षेत्रमा जुन महत्वपर्ूण्ा र र्सार्वभौम योगदान पुर्याउनु भयो, त्यसका बारेमा यहाँ संक्षेपमा उल्लेख गर्ने प्रयत्न गरिएको छ ।

दर्शनका क्षेत्रमाः

द्वन्द्वान्तमक भौतिकवादको सारतत्वका रूपमा अन्तरविरोधको नियम अर्थात् प्रकृति, समाज र मानवीय ज्ञानका सबै क्षेत्रमा द्वन्द्ववादको आधारभूत नियमका रूपमा अन्तरविरोधको नियमको उद्घाटन माओद्वारा भएको छ । अन्तरविरोधको नियमको र्सार्वभौमिकता र प्रधान अन्तरविरोधको निक्र्योलको पद्धति र महत्वको विश्लेषणको द्वन्द्ववादको बुझाइको विकासलाई नयाँ उचाइमा उठाएको छ । क्रान्तिका रणनीति र कार्यनीति निर्धारणमा अन्तरविरोधको आधारभूत नियमले खेल्ने महत्वपूण् भूमिका यसले स्वतः स्पष्ट पारिदिएको छ । विपरितहरूको एकताको नियमको उद्घाटन र व्याख्या । एकको दुइमा विभाजन हुन्छ भन्ने कुराको समृद्ध, व्याख्या र प्रयोग पार्ने माओबाट हुन गएको छ । संशोधनवादका विरुद्ध संर्घष्ाका क्रममा द्वन्द्ववादको प्रधान पक्षका रूपमा एक दुइमा विभाजन हुन्छ भन्ने सम्बन्धमा माओद्वारा गरिएको व्याख्या र प्रयोगले संशोधनवादसँग लड्नका लागि कम्युनिष्ट क्रान्तिकारीहरूको हातमा अमेद्य धारिलो हतियार प्राप्त भएको छ ।

फेडरिक एंगेल्सले द्वन्द्ववादका तीनवटा मूल नियमहरूको व्याख्या गर्नु भएको छ, जस्तो कि, विपरित तत्वको एकत्व, मात्रात्मक परिवर्तनबाट गुणात्मक फड्को र निषेधको निषेधको नियम । तर यसमा माओले ती मध्ये दुइवटा मूल नियमहरूलाई अस्वीकार गर्नुभएको छ र विपरितहरूको एकत्व चाहिँ द्वन्द्ववादको आधारभूत नियम हो । गुणको परिणाममा रूपान्तरण र परिणामको गुणमा रूपान्तरण भन्ने कुरा गुण र परिणाम जस्ता विपरित तत्वहरूको एकत्व मात्र हो र निषेधको निषेध भन्ने कुरा नै हुँदैन । गुणको परिणाममा रूपान्तरण र परिणामको गुणमा, निषेधको निषेध र विपरित तत्वहरूको एकत्व भन्ने तीनवटा कुरालाई समानान्तर रूपमा हाराहारीमा राख्नु त्रयवाद हो, एकत्ववाद होइन । सबैभन्दा आधारभूत कुरा भनेको त विपरित तत्वहरूको एकता हो । अतः गुणको परिणाम र परिणामको गुणमा रूपान्तरका भन्ने कुरा गुण र परिणामजस्ता विपरित तत्वहरूको एकत्व मात्रै हो । तर्सथ निषेधको निषेध हुँदैन भन्ने व्याख्या माओले गर्नु भएको छ र एकता, संर्घष्ा र रूपान्तरणको नियमलाई मात्र माओले द्वन्द्ववादका मूल नियमहरू हुन् भन्नु भएको छ । दर्शनको जन्म संर्घष्ाबाट हुन्छ, त्यसैले मार्क्सवादी दर्शन संर्घष्ाको दर्शन हो । ठूलो माछाले सानो खान्छ भन्ने मान्यता माओको रहेको छ ।

ज्ञान सिद्धान्तको क्षेत्रमा पदार्थको चेतना र चेतनाको पदार्थमा रूपान्तरणको दुइ छलाङको सिद्धान्तको रूपमा माओद्वारा विकास र व्याख्या राम्ररी भएको छ । साथै माओले वर्गसंर्घष्ा, उत्पादनका लागि संर्घष्ा एवं वैज्ञानिक प्रयोगलाई ज्ञानको स्रोत बनाएर इन्द्रीय ग्राहृय ज्ञानबाट बुद्धिसंगत ज्ञानमा पुग्ने प्रक्रियाका सम्बन्धमा तथा सिद्धान्त र व्यवहारको आपसी सम्बन्धका बारेमा गर्नु भएको विश्लेषणले मार्क्सवादी दर्शनमा महत्वपूण् योगदान पुगेको कुरा निर्विवाद छ ।
आधार र उपरिसंरचनाको आपसी सम्बन्ध बारे अघिभूतवादी र एकलकाटे दृष्टिकोण अपनाई ‘उत्पादनको शक्तिको सिद्धान्त’ र र्’अर्थवाद’ तीर जाने संशोधनवादीहरूको पुँजीवादी सोचाई माथि प्रहार गर्दै खास खास अवस्थामा चेतना र संरचनाको निर्णायक भूमिकाको माओद्वारा गरिएको व्याख्याले पूँजीवादलाई नाङ्गो पार्ने काम गरेको छ ।

दार्शनिकहरले दर्शनलाई पुस्तकालय, अध्ययन र कोठे चिन्तनबाट निकालेर आम जनतासम्म पुर्याई एउटा अजय शक्तिमा परिणत गर्नुपर्ने आवश्यकता र त्यसका विधिबारे क. माओले गर्नु भएको अनुसन्ध्ानले द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई उन्नत रूपले भौतिक शक्तिमा परिणत गर्ने आधार र्सवहारावर्गलाई मिलेको छ ।

राजनीतिक अर्थशास्त्रको क्षेत्रमाः

अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुकको आर्थिक संरचनाबारे माओले राम्रो व्याख्या गर्नुभएको छ । दलाल तथा नोकरशाही पुँजीवाद अर्थात् नोकरशाही पुँजीवादको चरित्रको विश्लेषण माओको एउटा महत्वपूण् खोजी हो । सामन्तवादसँग साँठगाँठ गरि जनतालाई लुट्ने एकाधिकार पुँजीवादको विशेषताको रहस्य उद्घाटन गरेर एकातिर नवऔपनिवेशिक अवस्थाको साम्राज्यवादको दानवीय चरित्रलाई नङ्ग्याउन तथा उत्पीडित राष्ट्रहरूमा क्रान्तिका निशाना स्पष्ट गर्न मद्दत पुगेको छ । नोकरशाही पुँजीवादलाई ध्वंस गरि उनीहरूको सम्पति कब्जा गरेर मात्र उत्पीडित राष्ट्रहरूबाट साम्राज्यवादलाई लखेट्न तथा समाजवादका लागि जग हाल्न सम्भव हुन्छ भन्ने निष्कर्षो ऐतिहासिक महत्व स्पष्ट भएको छ ।

नयाँ जनवादी क्रान्तिका सर्न्दर्भमा जमिन जोत्नेको आधारमा सामन्तवादलाई ध्वंश गर्ने, एकाधिकार चरित्रका सम्पूण् वैदेशिक एवं घरेलु आर्थिक नियमहरूलाई कब्जा, जनजीवनलाई नियन्त्रण गरि पुँजीलाई सिमित, नियन्त्रित र निर्देशीत गर्ने अर्थनीतिहरूको वैज्ञानिकता एवं जीवनद्वारा प्रमाणित भइसकेका छन् ।
समाजवादी कालको अर्थनीतिका आधारभूत सिद्धान्त -सोभियत संभका अनुभवहरूको आलोचनात्मक अध्ययन) सहितको मजबुद जग बसाल्ने काममा माओको महत्वपर्ूण्ा भूमिका रहेको छ । नोकरशाही अहंमकार होइन, सही अर्थनीतिको व्यापक प्रचारद्वारा जनताको पहलकदमी वृद्धि गरेर नै समाजवादी अर्थव्यवस्थालाई मजबुद किसिमले विकास गर्न सकिन्छ भनी “क्रान्तिलाई पक्रेर उत्पादन बढाउ”, ग्याप्स रिभोलुसन, प्रमोट प्रोडक्सन’ तथा लाल र निपर्ुण्ा एण्ड एर्क्पर्ट’ नाराको महत्व स्पष्ट नै छ । उपयुक्त तथ्यहरूले मार्क्सवादी राजनीतिक अर्थशास्त्रको क्षेत्रमा माओद्वारा गरिएको विकास स्पष्ट हुन्छ ।

वैज्ञानिक समाजको क्षेत्रः

उत्पीडित राष्ट्रहरूमा नयाँ जनवादी क्रान्तिको समग्र अवधारणाको विकासमा क. माओको ऐतिहासिक योगदान सबैका अगाडि स्पष्ट छ । दीघकालिन जनयुद्धको कार्य नीति, छापामार युद्ध, आधार इलाकाहरूको निर्माण, गाउँदेखि शहर घर्ेर्ने रणनैतिक लक्ष्य निर्धारणमा माओको महत्वपूण्ा योगदान रहेको छ । सन् १९३८ मा माओद्वारा अगाडि सारिएको जनयुद्धको कार्यदिशा पारित भयो भने सन् १९४० मा नौलो जनवाद सम्बन्धी क. समग्र कार्यक्रम पारित भयो । जनयुद्धका ३ चरणबारे स्पष्ट पार्दै माओले रणनीतिक रक्षा रणनीतिक सन्तुलन र रणनीति प्रत्याक्रमण गरि तीन वटै चरणको वैज्ञानिक संश्लेषण माओका महत्वपूण्ा योगदान हुन् ।

साम्राज्यवादी युगको वर्गसंर्घष्ाको अनुभवको आधारमा मार्क्सवादी सैन्य विज्ञानको उच्चशिखर जनयुद्धको सिद्धान्त “थ्यौरी अफ वार” को विकासले अन्तर्रााट्रय र्सवहारावर्गलाई एउटा शक्तिशाली हतियारले लैस गर्ने काम गरेको छ । माओद्वारा गरिएको यस अनुसन्धानले यस सिद्धान्त अनुसार शक्तिशाली दुश्नमलाई परास्त गर्न वैज्ञानिक विधि स्पष्ट भएको छ । राजनीतिक सत्ता बन्दुकको नालबाट जन्मन्छ भन्ने माओको केन्द्रीकृत अभिव्यक्तिको महत्व पनि स्वयं स्पष्ट छ ।

समाजवादकालभरि वर्गसंर्घष्ा जारी रहने र त्यस सम्बन्धमा सोभियत संघको प्रतिक्रान्ति प्रति ध्यान दिँदै विश्वकम्युनिष्ट आन्दोलन भित्र महान् बहस चलाउनु र क. माओद्वारा नै विकास गराएको र्सवहारावर्गको अधिनायकत्व अन्तरगत क्रान्ति जारी राख्ने समाजवादी अवस्थामा पुँजीवादको पुनस्थापना रोक्ने एउटा मजबुद सैद्धान्तिक हतियार भएको छ । सन् १९६६ देखि माओद्वारा र्सवहारावर्गको नेतृत्वमा चालिएको महान चीनियाँ र्सवहारा साँस्कृतिक क्रान्तिको समग्र योजनाको सफल प्रयोग विश्व र्सवहाराका लागि ऐतिहासिक दर्शन/निर्देशन बन्दै आएको कुरा सबैका सामु प्रष्टै छ ।

साम्राज्यवाद र सबैखाले प्रतिक्रियावादी वर्ग कागजी बाघ हुन हुन तथा आउँदा ५० देखि १०० वर्षविश्व अजङ्गको हेरफेरबाट गुज्रने छ’ भन्ने भनाइहरूको आधारमा बढि महत्व रहेको छ । यसले विश्व र्सवहारावर्गलाई क्रान्तिको रणनीति निर्धारणमा महान योगदान पुर्याएको छ ।

मानिसमा सही विचार कहाँबाट आउँछ – भन्ने प्रश्नमा क. माओले मानिसमा सही विचार सामाजिक व्यवहारबाट मात्र आउँछन्, ती तीन किसिमका सामाजिक व्यवहारबाट जस्तै उत्पादनको निम्ति संर्घष्ा, वर्ग संर्घष्ा र वैज्ञानिक प्रयोगबाट आउँछन् भनेर वैज्ञानिक ढंगले संश्लेषण गर्नुभएको छ । यसरी दर्शन राजनीतिक अर्थशास्त्र एवं वैज्ञानिक समाजवाद सहित तीन वटै क्षेत्रको समझदारीमा क. माओले मार्क्सवादी विज्ञानलाई गुणात्मक रूपले त्यसको तेश्रो र नयाँ चरणमा विकास गराउनु भयो । त्यस अवस्थामा र्सवहारावर्गले आफ्नो मुक्तिको दर्शनलाई मार्क्सवाद-लेनिनवाद-माओवादको एउटा अमेद्य धारिलो हतियारको रूपमा प्राप्त गरेको छ र त्यसैको पथपर््रदर्शक र मार्ग निर्देशनमा आज विश्वभरका क्रान्तिकारी माओवादी कम्युनिष्ट पार्टर्ीी संचालित भइरहेका छन् ।
महान् चीनियाँ र्सवहारा साँस्कृतिक क्रान्ति जुनका माओले दश वर्षम्म सफल रूपमा संचालन गरेर समाजवादमा वर्गहरू जीवितै रहने भएकाले वर्गसंर्घष्ालाई जारी राख्नु पर्ने जुन निरन्तर क्रान्तिको सिद्धान्त जारी राख्नुपर्ने जुन निरन्तर क्रान्तिको सिद्धान्त जारी राख्नुपर्ने र सन् १९५६ देखि सोभियत रुसमा प्रकट भएको आधुनिक संशोधनवाद लगायत सबैखाले संशोधनवाद र अबसरवादका विरुद्ध विश्वस्त भै जुन महान बहस संचालन गर्नुभयो त्यसले क. माओलाई विश्वस्तरमा विश्वर्सवहारावर्गको महान नेताको रूपमा माथि उठायो ।

यी माथि उल्लेख गरिएका समग्र विषयहरू नै कमरेड माओका र्सार्वभौम योगदानहरू हुन् र यी योगदानहरूलाई ग्रहण नगरिकन कोही पनि सच्चा क्रान्तिकारी कम्युनिष्ट बन्नै सक्तैन ।

उपसंहार

मार्क्सवाद र्सवहारा वर्गको मुक्तिको सिद्धान्त हो । यसको दर्शन द्वन्द्वात्मक भौतिकवाद हो । मार्क्सवाद गतिशील विज्ञान हो । मार्क्सवादले आज मार्क्सवादको विकासको दोश्रो चरण लेनिनवाद र मार्क्सवाद- लेनिनवादको गुणात्मक विकासको तेश्रो र नयाँ चरण माओवादमा जुन विकास गरेको छ यही मार्क्सवाद- लेनिनवाद-माओवाद नै विश्व र्सवहारावर्गको मुक्तिको पथपर््रदर्शक र मार्गदर्शक सिद्धान्त बन्न पुगेको छ । यस विषयमा माथि पनि आवश्यक प्रकाश पारिएको छ ।

अतः मार्क्सवाद-लेनिनवाद-माओवाद विश्व र्सवहारा वर्गको विश्वदृष्टिोण भएकाले यसको गहिरो अध्ययन नगरिकन, अर्थात् मार्क्सवाद-लेनिनवाद-माओवादलाई दह्रो ढंगले ग्रहण नगरिकन, मार्क्सवाद-लेनिनवाद-माओवादलाई जीवनदर्शनको रूपमा आत्मसात नगरिकन र यसलाई जीवन व्यवहारमा साँचो अर्थमा प्रयोग नगरिकन कोही पनि असल कम्युनिष्ट क्रान्तिकारी बन्नै सक्तैन । त्यसैले संसार बदल्ने दायित्वबोध बकेका र सिँगो मानवजातिलाई सबै खाले शोषण र उत्पीडनबाट मुक्त गरेर समानतामा आधारित मानव समाजको निर्माण गर्ने कल्पना गरेका अर्थात् वर्ग विहिन, राज्य विहिन साम्यवादमा पुग्ने लक्ष्य र उद्देश्य बोकेर र्सवहारा वर्गको सबैभन्दा उच्चस्तरको संगठित अग्रदस्ता नेकपा-माओवादीमा संगठीत भएका हामी नेपाली माओवादी क्रान्तिकारी कम्युनिष्टहरूले मार्क्सवाद-लेनिनवाद-माओवादको गहिरो अध्ययन गर्न, यसलाई पाइला पाक्ष्लामा जीवन व्यवहारमा प्रयोग गर्न नितान्त जरुरी छ ।

मार्क्सवाद-लेनिनवाद-माओवाद मानव जातिको ज्ञानको विशाल भण्डार हो । यसलाई आजको विश्वपरिवेशमा सापेक्षित ढंगले नबुझिकन, ग्रहण नगरिकन, यसलाई दह्रो ढंगले नपकडीकन र साँचो अर्थमा जीवन व्यवहारमा नउत्रिकन हामी कोही पनि सच्चा क्रान्तिकारी माओवादी बन्नै सक्ने छैन र मुलुकलाई बदल्न पनि सक्ने छैनौ । त्यसैले हाम्रा निम्ति मार्क्सवादी-लेनिनवादी-माओवादी दर्शन र सिद्धान्तलाई बुझ्न र यसलाई जीवन व्यवहारमा सही ढंगले प्रयोग गर्नु हाम्रो मुख्य कर्तव्य बन्न पुगेको छ ।

हामीले भुल्नै नहुने एउटा साँचो कुरा के हो भने मार्क्सवाद-लेनिनवाद-माओवादको गहिरो अध्ययन नै नगरिकन यसलाई साँचो अर्थमा जीवन व्यवहारमा नउतारिकन कम्युनिष्ट पार्टीे माथिल्लो ओहोदा र नेतृत्वमा पुगेका र मार्क्सवादी-लेनिनवादी-माओवादी सैद्धान्तिक धरातल कमजोर भएका व्यक्तिहरू जो कम्युनिष्ट पार्टीे माथिल्लो ओहोदा र नेतृत्वमा पुग्ने गरेका छन् तिनीहरूमा नै सैद्धान्तिक विचलन पैदा हुने प्रतिक्रान्तिको बाटो लिने, क्रान्ति र जनताप्रति गद्धारी गर्ने कम्युनिष्ट आन्दोलन र पार्टीई विर्सजन गराउने र अन्तिममा प्रतिक्रियावादीहरूको कित्तामा सामेल हुन पुग्ने जुन विश्व कम्युनिष्ट आन्दोलन र नेपालको यस ६४ वर्षो लामो इतिहासमा हामीले पाउने गरेका छौं, यसको, मुख्य कारण माथि उल्लेख गरिएकै कुरा मार्क्सवाद – लेनिनवाद – माओवादको गहन अध्ययन नहुनु र त्यसलाई जीवन व्यवहारमा उतार्न नसक्नु नै हो । यी नकारात्मक परिघटनाहरूको विषद् ज्ञान प्राप्त गरेका हामी माओवादी क्रान्तिकारीहरूले मार्क्सवाद- लेनिनवाद-माओवादको गहिरो अध्ययन गर्ने र यसलाई साँचो अर्थमा जीवन व्यवहारमा उतार्नुको विकल्प छैन ।

आजको तथ्य के हो भने आजको मार्क्सवाद र नेपाली क्रान्ति, आजको मार्क्सवाद र भूमण्डलीकृत साम्राज्यवादी युगको मार्क्सवादको व्याख्या गर्न पुगेका नव मार्क्सवादीहरूले नेपालमा पुँजीवादी, जनवादी क्रान्ति सम्पन्न भइसक्यो अब समाजवादी क्रान्ति गर्नुपर्छ भन्ने भ्रान्तीपूण् तर्कहरू अगाडि सारेर विभिन्न रूप र रंगका संशोधनवादी विचार-दृटिष्कोणहरू फैलाएर मार्क्सवाद-लेनिनवाद-माओवादमाथि भिषण आक्रमण गरिरहेका छन् । तिनका विरुद्ध सैद्धान्तिक लर्डाई लडेर ती संशोधनवादी विचाररुलाई परास्त गर्दै मार्क्सवाद-लेनिनवाद-माओवादका सैद्धान्तिक मान्यताहरूलाई नेपालको वर्तमान सापेक्षतामा आधारित नयाँ नेपाली जनवादी क्रान्तिलाई अगाडि बढाउनका निम्ति पनि हामी माओवादी क्रान्तिकारी कम्युनिष्टहरूले मार्क्सवाद-लेनिनवाद-माओवदको गहिरो अध्ययन गरी त्यसलाई जीवन व्यवहारमा उतार्नु विकल्प छैन ।

कमेन्ट गर्नुहोस्