समिर बिष्णु खत्रीले ल्याए ‘नाता टुट्यो नंग र मासुको’ (हेर्नुहोस् भिडियोसहित)

पुस १५ । संगीत क्षेत्रमा निरन्तर लागिपरेका युवा सर्जक तथा मोडल मोहन केसीले अभिनय गरेको गीत बजारमा आएको छ । रंगीन मिडियाले बजार व्यवस्थापन गरेको गीतमा युवा सर्जक तथा गाएक समिर बिष्णु खत्रीको लय तथा गोबिन्द बी सी र समिर बिष्णु खत्रीको शब्द रहेको छ।

देवी घर्ति मगर र समिर बिष्णु खत्रीको आवाज रहेको गीत लोक दोहोरी क्षेत्रमा छुट्टै पहिचान बोकेको गीत हो ।

चर्चित निर्देशक बिष्णु भट्टराईले निर्देशन ,छायांकन र सम्पादन गरेको म्युजिक भिडियोमा मोहन के सी ,सनया खड्का र नबिन मरासिनीको अभिनय रहेको छ।

रोजगारीको सिलसिलामा नेपाल छोडेर विदेशी भूमिमा (कोरीया) रहँदै आएका गायक समिर बिष्णु खत्रीको यो गीतले सफलता पाओस् हाम्रो शुभकामना ।

हेर्नुहोस् भिडियो

कमेन्ट गर्नुहोस्