हितमान शाक्य र झक्कु सुवेदीमाथि आक्रमण निराधर र भ्रमक : पराजुली

काठमाडौं, पुस १५ । नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकका नेता झम्क पराजुली हिमालले ३ नम्बर प्रदेशका इन्चार्ज हितमान शाक्य र संयोजक झक्कु सुवेदीलाई हातपात भएको समाचारप्रति कुनै सत्यता नरहेको बताएका छन् ।

प्रदेशको समानुपातिक सूचीमा आफ्नो नाम १ नंम्बरमा रहेकोकाले बुझाइएको समानुपातिक नामावलीमा नाम नै नरहेकोप्रति स्पष्ट हुन खोजेको घटनालाई हातपात गरेको समाचारप्रति सत्यता नरहेको शनिबार हिमालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेता हिमालले भने, ‘पार्टी केन्द्रिय कार्यालयको छतमा घाम तापेर बसिररहेका इन्चार्ज शाक्य र संयोजक सुवेदीसँग मैले अन्यायपूर्णरुपमा मलाई समानुपातिक सुचिबाट हटाउनु र केही अनधिकृत मानिसहरुलाई किन ल्याएको भनि प्रश्न गरेको हुँ ।’ तर मैले हातपात नै भने गरेको छैन् ।’

हिमालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘समानुपातिकतर्फ पार्टीले गरेको यो गल्ती सच्याउन र नेतृत्व आलोचित हुनपर्छ भन्ने बुझाईमा म रहेको समेत आम जनसमुदायमा जानकारी गराउँछु ।’

प्रेस विज्ञप्ति

हाम्रो पार्टी नेकपा माओवादी केन्द्रको ३ नं. प्रदेश कमिटिले पुष १४ गतेका दिन प्रदेशसभा अन्तर्गत समानुपातिक सांसदको अन्तिम नामावली निर्वाचन आयोगमा बुझाएको यहाँहरुमा सर्वविदितै छ ।

यसअघि निर्वाचन आयोगलाई बुझाइएको अन्तिम नामावलीमा मेरो नाम १ नंम्बरमा रहेको र हाल बुझाइएको समानुपातिक नामावलीमा नाम नै नरहेकोप्रति मैले प्रदेशका इन्चार्ज हितमान शाक्य तथा संयोजक झक्कु सुवेदीसँग स्पष्ट हुन खोजेको घटनालाई हातपात भएको भनेर प्रचार भएको समाचारप्रति कुनै सत्यता नरहेको जानकारी गराउँछु ।

साथै पार्टी केन्द्रिय कार्यालयको छतमा घाम तापेर बसिररहेका इन्चार्ज शाक्य तथा संयोजक सुवेदीसँग मैले अन्यायपूर्ण रुपमा मलाई समानुपातिक सुचिबाट हटाउनु र केही अनाधिकृत मानिसहरुलाई किन ल्याएको भनि प्रश्न गरेको र स्पष्ट हुन खोजेको भने सत्य रहेको जानकारी गराउँदछु । साथै समानुपातिकतर्फ पार्टीले गरेको यो गल्ती सच्याउन र नेतृत्व आलोचित हुनपर्छ भन्ने बुझाईमा म रहेको समेत आम जनसमुदायमा जानकारी गराउँछु ।

झम्क पराजुली 
केन्द्रीय सदस्य 
नेकपा माओवादी केन्द्र

कमेन्ट गर्नुहोस्