पूर्वराजा ज्ञानेन्द्रको स्वागत गर्न विमानस्थल पुगे मेयर र उपमेयर

नेपालगञ्ज,पुस १६ । पूर्वराजा ज्ञानेन्द्र शाह साताव्यापी निजी भ्रमणका लागि बिहीबार साँझ बाँकेको नेपालगञ्जमा पुगे । उनको स्वागतका लागि पूर्वपञ्च, शिव सेनाकाका साथै मेयर र उपमेयर समेत विमानस्थलमा पुगेका थिए ।

नेपालगञ्ज उपमहानगरका मेयर डा. धवलशम्शेर राणा, उपमेयर उमा थापामगर नेपालगञ्ज पुगेका हुन् । राणा राप्रपाबाट विजयी भएकाहुन् र थापा कांग्रेसबाट ।

पूर्वराजा आउने भएपछि बिहीबार बिहानैदेखि नेपालगञ्ज विमानस्थलको सुरक्षा व्यवस्थामा कडाइ गरिएको थियो । पारिवारिक रुपमा धार्मिक भ्रमण भनेपनि पूर्वराजाले बाँकेमा निर्माण सम्पन्न भएको एक होटल उद्घाटन गर्न बाँकेमा पुगेका हुन् ।

पूर्व राजपरिवारको लगानी रहेको भनिएको ८१ कोठे यो चारतारे होटल करिव ७० करोड लागतमा बनेको हो । पूर्वराजा शाहका साथमा पत्नी कोमल राज्यलक्ष्मी शाह, बुहारी हिमानी राज्यलक्ष्मी शाह र छोरी प्रेरणा छन् ।

कमेन्ट गर्नुहोस्