वाम सरकार गठनमा कांग्रेस र आयोग बाधक : वाम गठबन्धन

काठमाडौं, पुस १७ । वाम गठबन्धनका नेताहरुले एक साताभित्र प्रतिनिधिसभाको समानुपातिकतर्फ सांसदको सिट संख्या तोक्न निर्वाचन आयोगलाई आग्रह गरेका छन्।

सोमबार दिउँसो प्रमुख आयुक्त डा अयोधीप्रसाद यादव र अन्य आयुक्तहरुसँगको छलफलपछि संक्षिप्त प्रतिक्रिया दिदै एमाले नेता भिम रावलले भने, ‘संविधान र कानुनले प्रतिनिधिसभाको समानुपातिकतर्फ मतपरिणाम सार्वजनिक गर्न नरोक्नेतर्फ आयोगका पदाधिकारीलाई ध्यानाकर्षण गराएका छौ ।’

उलले जनताबाट वाम गठबन्धनका सरकार गठनको अभिमत प्राप्त भएपनि नेपाली कांग्रेस र आयोगले त्यसमा अवरोध गर्ने प्रयास गरेको भन्दै नयाँ सरकार गठनमा केही पनि बाधक हुन नमिल्ने बताए ।

आयोगका पदाधिकारीले वाम गठबन्धनका नेताहरुसँगको भेटमा संविधानले राष्ट्रियसभा गठन नभई संसद् पूर्ण नहुने स्पष्ट व्यवस्था गरेकाले समानुपातिकतर्फ मतपरिणाम रोकिएको जानकारी गराएको बताइएको छ ।

तर, गठवन्धनका नेताहरुले भने संविधानमा सरकार विस्तार गर्न प्रतिनिधिसभा पूर्ण भए मात्र पुग्ने व्यवस्था रहेको जिकिर गरेका थिए।

निर्वाचन आयोगले मतगणना सकिएको लामो समय वितिसक्दा पनि प्रतिनिधिसभाको समानुपातिक तर्फका दलहरुले पाउने सिट संख्या अहिलेसम्म सार्वजनिक गरेको छैन ।

तत्काल सिट संख्या तोक्न माग गर्दै वाम गठबन्धनका एमाले र माओवादीका दोस्रो तहका नेता सोमाबार दिउँसो आयोगको कार्यालयमा पुगेका थिए । एमालेबाट सुभाष नेम्बाङ, भिम रावल, अग्नि खरेल र माओवादी केन्द्रबाट कृष्णबहादुर महरा, वर्षमान पुन लगायतका नेता सहभागी थिए ।

कमेन्ट गर्नुहोस्