बागलुङमा आगलागीबाट दुई घर जले

बागलुङ, पुस १८ । पश्चिम बागलुङको बुर्तिबाङ बजारमा गएराति भएको आगलागीमा दुई घर जलेका छन् ।

स्थानीय गणेश बुढा र रामबहादुर घर्तीका पक्की तीनतले घर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण रानाले बताए ।

याे पनि पढ्नुस  सुनसरीमा आगलागी, २५ परिवारका घर जले

आगलागीको घटनामा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेपनि मानवीय क्षति भने नभएको उनको भनाइ छ ।

आगलागीको कारण खुल्न नसके पनि विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । समयमै आगलागी नियन्त्रणमा लिइएका कारण अन्यत्र फैलन नपाएको प्रहरीको भनाइ छ ।

याे पनि पढ्नुस  भोजपुरको दुम्मानामा आगलागी हुँदा रु १० लाखको क्षति

कमेन्ट गर्नुहोस्