‘ये रिश्ता क्या कहलाता है’ ले २५०० एपिशोड पार गर्न सफल

लामो समयसम्म प्रसारण भएका शाेहरुका केही तस्विरहरु हेरौं

मुम्बर्इ, पुस १८ । स्टार प्लस च्यानलबाट बेलुकी १०ः१५ मा प्रसारण हुने हिन्दी सिरियल ‘ये रिश्ता क्या कहलाता है’ ले २५०० एपिशोड पूरा गरी सफल भएको छ ।

जनवरी २००९ देखि सुरु भएको यस शो पछिल्लो ९ वर्षदेखि निरन्तर समयमा  प्रसारण भइरहेको छ ।

याे पनि पढ्नुस  रिल लाइफसँगै रियल लाइफमा पनि कार्तिक–नायरा प्रेमकहानीको निकै चर्चामा छन् (हेर्नुहोस् तस्विरहरु)

सुरुमा यस शोमा कलाकार हिना खान ‘अक्षरा’ र करन मेहरा ‘नैतिक’ लिड भूमिकामा रहेको थिए भने अहिले यी दुवैले यस शोलाई अलबिदा गरी दिइसकेका छन् ।

तर पनि यो शो निरन्तर प्रसारण भइरहेको छ । अहिले यसमा मोहसिन खान र शिवांगी जोशीले मुख्य भूमिका निभाइरहेका छन् । यो नै हो सबैभन्दा लामो समय प्रसारित भएको टेलिसिरियल शो ।

याे पनि पढ्नुस  रिल लाइफसँगै रियल लाइफमा पनि कार्तिक–नायरा प्रेमकहानीको निकै चर्चामा छन् (हेर्नुहोस् तस्विरहरु)

‘ये रिश्ता क्या कहलाता हे’ बाहेक अरु शो पनि छन्, जसले लामो समयसम्म प्रसारण भएर रेकर्ड राखेका टिभी शोले ।

त्यस्तै, बालिका वधु, तारक मेहता का उल्टा चश्मा, साथ निभाना साथिया, ससुराल सिमर का र क्योंकि सास भी कभी बहू थी जस्ता टेलिसिरियल सामेल रहेको छ ।

याे पनि पढ्नुस  रिल लाइफसँगै रियल लाइफमा पनि कार्तिक–नायरा प्रेमकहानीको निकै चर्चामा छन् (हेर्नुहोस् तस्विरहरु)

यी टेलिसिरियलहरु मध्ये कुनै शो अहिलेसम्म पनि प्रसारणमा छन् भने कुनै शो बन्द भइसकेको छ ।




कमेन्ट गर्नुहोस्