प्रदेश राजधानी नतोक्दै विरोध

काठमाडौं, पुस १८ । प्रदेशसभा निर्वाचन सम्पन्न भइसके पनि अहिलेसम्म सरकारले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्न सकेको छैन् । सरकारलाई प्रदेशको अस्थायी राजधानी तोक्न चौतर्फी दवाव सृजना हुदै छ ।

तर सरकारले प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गरिरहेको समयमा सम्भावित स्थानलाई लिएर देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन भइरहेका छन । विरोधलाई जनप्रतिनिधिले साथ दिइरहेका छन् । दल र नेता पिच्छे प्रदेश राजधानीका बारेमा फरक दावीले यसमा तप अन्यौल सृजना गरेको छ ।

याे पनि पढ्नुस  राजधानी माग्दै कपिलवस्तुमा प्रदर्शन जारी

प्रदेश नम्बर ५ को अस्थायी राजधानी दाङ तोकिएको भन्दै बुटवलमा बिरोध भएको छ । प्रदेश ५ को राजधानी बुटवलमै हुनुपर्ने भन्दै विगत देखि नै आन्दोलन लगायतका कार्यक्रम हुँदै आएका थिए ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको गृहप्रदेश ७ नम्बर प्रदेशमा पनि बिरोध शुरु भएको छ । सरकारले ७ नम्बर प्रदेशको राजधानी कैलालीको धनगढी तोकेको छ ।

याे पनि पढ्नुस  प्रदेश राजधानीमा नेताहरुको स्वार्थले चर्किएको आन्दोलन

७ नम्बर प्रदेशको राजधानी पहाडी क्षेत्रमा हुनुपर्ने भन्दै गिगतदेखि नै देउवाको गृहजिल्ला डडेल्धुरा र सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दीपायलमा बिरोध प्रदर्शन शुरु हुँदै आएको थियो ।

दीपायल राजधानी हुनुपर्ने भन्दै स्थानीय व्यवसायी र राजनीतिकर्मीहरुले मंगलवारदेखि आन्दोलन नै शुरु गरेका छन् ।

याे पनि पढ्नुस  प्रादेशिक राजधानीको माग गर्दै दाङमा अनिश्चिकालीन आमह्तालको घोषणा

यस्तै प्रदेश १ को राजधानी मोरङको बिराटनगर तोकिएकोमा पनि बिरोध शुरु भएको छ । भौगौलिक हिसावले सुनसरीको इटहरी राजधानीका लागि उपयुक्त हुने भन्दै इटहरीका स्थानीयले बिराटनगरलाई प्रादेशिक राजधानी तोकिएकोमा बिरोध जनाएका छन् ।

कमेन्ट गर्नुहोस्