कृष्ण थापाद्वारा एन्फाको अध्यक्षमा उम्मेदवारी दिने घोषणा

काठमाडौं, पुुस २० । राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक कृष्ण थापाले अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

तीन महिनापछि हुने एन्फाको निर्वाचनका लागि थापाले हिजो पोखराबाट उम्मेदवारी घोषणा गरेका हुन् ।

एन्फाको प्राविधिक निर्देशकको समेत अनुभव बटुलिसकेका थापाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को वरिष्ठ फुटबल प्रशिक्षकबाट दुई वर्षअघि अवकास पाएका थिए ।

याे पनि पढ्नुस  एन्फाकाे अधुराे बैठक अाज पनि बस्दै

सन् १९८४ मा काठमाडौंमा भएको पहिलो दक्षिण एसियाली खेलकुदको स्वर्ण पदक विजेता फुटबल टोलीका सदस्य समेत रहेका थापाले फुटबल विकासका लागि सातवटै प्रदेशमा फुटवल एकेडेमी आवश्यक रहेको बताएका छन् ।

अहिल एन्फाको जिल्ला संघहरुको निर्वाचन चलिरहेको छ । एन्फाले पुस ५ देखि माघ ५ गते भित्र निर्वाचन सक्न जिल्ला संघहरुलाई निर्देशन दिएको थियो ।

याे पनि पढ्नुस  एन्फाद्वारा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु

१७ सदस्यीय कार्यसमितिका लागि चैत १४ गते एन्फाको निर्वाचन हुँदैछ ।

कमेन्ट गर्नुहोस्