युवा–विद्यार्थीले गरे आयल निगम घेराउ

काठमाडौं, पुस २० । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै वाम गठबन्धनमा आवद्ध युवा, विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका छन् ।

वाम गठबन्धनमा आवद्ध युवा–विद्यार्थीहरुले विहिबार नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन । विहिबार विहान ११ बजे पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दै काठमाडौंको बबरमहलस्थित निगम कार्यालय घेराउ गरेका हुन् । पूर्व सहमति अनुसार विद्यार्थीहरुलाई सहुलियत दरमा खाना पकाउने ग्यास उपलब्ध गराउनु पर्ने भन्दै निगम व्यवस्थापन समक्ष ज्ञापन पत्र समेत बुझाएका छन् ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल खारेज गर्न निगम व्यवस्थापनको गम्भिर ध्यानाकर्षण गराइएको विद्यार्थी नेताहरुले बताएका छन् ।

गएको मंगलबार अनेरास्ववियुको मुर्दा जुलुसमा प्रहरीले हस्तक्षेप गर्दा विद्यार्थी नेताहरु घाइते भएका थिए । त्यसपछि वाम युवा–विद्यार्थी थप आन्दोलित भएका छन् ।

समानुपातिकको मतपरिणाम सार्वजनिक गर्न र इन्धनको पछिल्लो पटक गरिएको मूल्य बृद्धि तत्काल फिर्ता लिनु पर्ने उनीहरुको माग छ ।

कमेन्ट गर्नुहोस्