जिप दुर्घटनामा परि चार घाइते

बागलुङ, पुस २० । पाल्पाको रिप्दीकोट गाउँपालिका २ को जोर्तेमा यात्रुबाहक जीप दुर्घटनामा भएको छ । जीप दूर्घटना हुँदा चार जना घाइते भएका छन् ।

बिहीबार बिहान बुटवलबाट बागलुङको बुर्तिबाङका लागि छुटेको लु १ ज १८५८ नम्बरको जीप रिप्दीकोट २ जोर्तेमा दुर्घटनामा परेको हो ।

याे पनि पढ्नुस  पाल्पा बुटवल सडक स्तरोन्नती नहुँदा यात्रुलाई सास्ती

दुर्घटनामा परि बागलुङको निसीखोलाका एकै परिवारका ५० वर्षीय पुरन पुन, २१ वर्षीया लक्ष्मी मगर, ४ वर्षीय बसन्त पुन र रुपन्देही हरेवाका जीप चालक पुनिकबहादुर पुन घाइते भएको प्रहरीले जनाएको छ ।

जीप जोर्ते ओरालोमा विश्वकर्मा बाबाको मन्दिर नजिक करिब एक सय मिटर तल भिरमा खसेको छ ।

याे पनि पढ्नुस  पुष्पलाल स्मृति पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना

कमेन्ट गर्नुहोस्