बी–फार्मामा फेल भएपछि विद्याले गरिन आत्महत्या

काठमाडौं, परीक्षामा असफलता हात लागेपछि एक छात्राले आत्महत्या गरेकी छिन् ।

धादिङ धुनिबेसी घर भई धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा अध्ययनरत २३ वर्षीया विद्या आचार्यले बी फार्माको परीक्षामा फेल भएपछि बुधबार आत्महत्या गरेकी हुन्।

प्रहरीले दिएको जानकारी अनुसार, बुधबार दिउँसो १२ बजे धुलिखेलस्थित डेरामा उनी मृत भेटिएकी थिइन । उनको शव पंखाको हुकमा सलले पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

याे पनि पढ्नुस  श्रीमतीले झुण्डीएर आत्महत्या गरेपछि श्रीमानले विष सेवन गरे

प्रहरीले उनको कोठाबाट सुसाइड नोट समेत फेला पारेको छ। जसमा उनले आफू १ नम्बरले परीक्षामा अनुत्तीर्ण भएको र बाबुआमालाई मुख देखाउन नसक्ने भएकाले आत्महत्या गर्नुपरेको उल्लेख छ।

दुई साताअघि आएको फार्मेसीको नतिजामा उनी फेल भएकी थिइन्। फेल भएपछि उनी निकै तनावमा देखिएको उनका साथीहरुले बताएका छन्।

याे पनि पढ्नुस  उच्च शिक्षा शीघ्र कार्यान्वयन गर्न सुझाव

फेल भएकै कारण आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी सहकुल थापाले बताए। शव पोस्टमार्टमका लागि पठाई घटनाको अनुसन्धान अघि बढाइएको उनले बताए।

कमेन्ट गर्नुहोस्