एमाले चितवन अध्यक्ष पोखरेलको घरमा आक्रमण

भरतपुर, पुस २१ । नेकपा (एमाले)का जिल्ला अध्यक्ष कृष्णभक्त पोख्रेलको घरमा अपरिचित समूहले आक्रमण गरेको छ । पुस १८ गते रति अपरिचित समूहले भरतपुर १० रमाइलो चोकस्थित पोखरेलको घरमा आक्रमण गरेको हो ।

घटनाका बारेमा ढिलो गरेर सूचना बाहिर आएको छ । प्रहरीले यो घटनालाई लुकाउन खोजेको एमालेका एकजना नेताले आरोप लगाएका छन् । पोख्रेलको चितवन क्षेत्र नं। २ का प्रतिनिधि सभा सदस्य पनि हुन ।

याे पनि पढ्नुस  हात्तीको आक्रमणबाट २ गम्भीर घाइते

आक्रमणबाट पोख्रेलको घरको एउटा झ्याल र पहिलो तलाका झ्यालका सिसा फुटेको छ । सो घटनाका बारेमा चितवन प्रहरीले सूचना दिन मानेको छैन । राति २ बजे तिर ३ वटा मोटरसाईकलमा आएका नचिनेका युवाहरूको समूहले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनको स्रोतले जनाएको छ ।

याे पनि पढ्नुस  पिसाब फेरेको निहुँमा वाम गठबन्धनका कार्यकर्ताहरुमाथि आक्रमण  

त्यही समूहले भरतपुर– १२ वाइपास रोडमा पर्ने विशाल चोकमा एउटा बोलेरो भ्यानमा समेत तोडफोड गरेको छ । स्रोतले दिएको जानकारी अनुसार ना १ ज ६६७७ नं। को उक्त भ्यानलाई रोकी सो समूहले अगाडिको सिसामा ढुंगाले हानी सिसा फोडिदिएको छ । बोलेरोका चालक आशिष घलानले थप घटना हुनेदेखेपछि गाडी हुईक्याएर ज्यान बचाएको बताएका छन् । -न्युज २४ बाट

याे पनि पढ्नुस  राँगाको आक्रमणबाट मृत्यु

कमेन्ट गर्नुहोस्