एमाले निकट व्यवसायीको हत्त्याको बिरोधमा प्रदर्शन

पुस २१, २०७४ – युवा व्यवसायी बसन्त पौडेलको हत्याको विरोधमा युवा संघ र अनेरास्ववीयु रुपन्देही आन्दोलनमा उत्रिएका छन् ।

 

हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै शनिबार देखि अनिश्चितकालिन रुपन्देही बन्दको आह्वान गरेको युवासंघ रुपन्देहीका अध्यक्ष नकुल शाहीले बताए ।

हत्यामा संलग्नलाई पक्राउ नगर्दासम्म बन्द जारी राख्ने उनले बताए । दोषीलाई पक्राउ गर्न नसक्ने प्रहरी प्रशासनको कमजोरीका कारण युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीलाई गोली हानी हत्या भएको ठिक १ वर्ष पछाडि फेरि अर्काे युवाको हत्या भएको युवासंघको दावी छ । ‘जबसम्म हत्यामा संलग्नलाई पक्राउ गरेर कारबाही थालिदैन तबसम्म आन्दोलन रोकिदैन ।’ युवासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

यस्तै जिल्लामा क्रियाशिल राजनीतिक दल, व्यवसायीक संघसस्था र नागरिक समाजले समेत पौडेल हत्याको विरोधमा विज्ञप्ति निकाली हत्याको निन्दा गरेका छन् । साथै आरोपिलाई पक्राउ गरी सर्वसाधरणलाई सुरक्षाको अनुभूति दिलाउन समेत आग्रह गरेका छन् ।

कांतिपुरबाट

कमेन्ट गर्नुहोस्