माओवादी नेता शक्ति बस्नेतको ज़िल्लामा ६ जनाको मृत्यु

जाजरकोटको जुनीचाँदे गाउँपालिकामा दुई साता देखि फैलिएको भाइरल ज्वरोका कारण ६ जनाको मृत्यु भएको छ । ज्वरोले २ हजार स्थानीय बिरामी परेका छन् ।

जाजरकोटबाट माओवादीका नेता शक्ति बस्नेत यसअघि गृहमन्त्री बनेका थिए । यसपटक उनी सांसदमा निर्वाचित भएका छन ।

जुनीचाँदे २, मजकोटकी ६५ वर्षीया धनसरा नाथ, ५३ वर्षीया आइती तिरुवा, ७२ वर्षीय सतरुप शाही र नाम नखुलेका ३ नवजात शिशुको मृत्यु भएको स्वास्थ्य चौकी बड्कुलेका इन्चार्ज हरिबहादुर सिंहले बताउनुभयो ।

याे पनि पढ्नुस  कुचो लिएर सरसफाइमा नगरप्रमुख

 

चिसोका कारण भाइरलको प्रकोप फैलिएको सिंहको भनाई छ । बिरामीमा ज्वरो आउने, हातखुट्टा दुख्ने, चिट्चिट पसिना आउने, सुख्खा खोकी लाग्ने, घाँटी दुख्ने, श्वासप्रश्वास बन्द हुने, आँखा रातो हुने लगायत लक्षण देखा परेको सिंहले बताउनुभयो । स्वास्थ्य चौकीमा दैनिक १ सय जना भाइरलका बिरामी उपचारका लागि आउने गरेका छन् ।

याे पनि पढ्नुस  बाढीका कारण बारेकोटमा खाद्यान्न अभाव

राजनीतिक रुपमा शक्तिशाली मन्त्रीको ज़िल्ला भए पनि स्वास्थ्य सुबिधाका लागी दयनीय अवस्था हुनु लज्जास्पद भएको चर्चा जाजरकोटमा चलेको छ ।

धामी झाँक्रीको झारफुकमा भर पर्ने गरेपछि बिरामीको संख्या थप बढेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । भाइरलको प्रकोप फैलिएको सूचना पाएलगत्तै माहामारी फोकल पर्सन कृष्ण खत्रीको टोलीलाई जुनीचाँदे तर्फ पठाएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले बताउनुभयो ।

याे पनि पढ्नुस  उही प्रस्ताव एमालेले ल्याउंदा राष्ट्रवादी, माओवादीले ल्याउंदा राष्ट्रघाती कसरी ? : बस्नेत

रोगको पहिचानका लागि टेक्निसियन सहित एच १ एन १ को टेष्ट किड समेत प्रभावित क्षेत्रमा पठाएको उहाँको भनाई छ । रोग प्रभावित क्षेत्रमा बिरामीको थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट डा. पवन शाक्यको नेतृत्वमा थप टोली पठाएको कार्यालय प्रमुख नेपालीले बताउनुभयो ।

 

कमेन्ट गर्नुहोस्