डोटी र धनकुटमा प्रदेश राजधानीको माग गर्दै सुरु भएको आमहडताल अझै जारी

धनकुटा, पुस २२ । धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउनुपर्ने माग गर्दै धनकुटाबासीले सुरु गरेकोे आमहड्ताल आज चौथो दिन पनि जारी छ ।

आन्दोलनकारीले आजबाट बजार, यातायातसहित शैक्षिक संघसंस्था, वित्तीय संघ संस्था, गैसस, सरकारी कार्यालयसँगै जिल्लाका सात वटै स्थानीय तह ठप्प पारेका छन् ।

याे पनि पढ्नुस  “मौन प्रदर्शन”का क्रममा भेनेजुयलामा २० जनाको मृत्यु

हिजो साँझ प्रादेशिक राजधानी अभियान समितिका संयोजक प्रदेशसभा सदस्य निरन राईको संयोजकत्वमा बसेको सर्वदलीय बैठकले आमहड्ताललाई अझ कडा बनाएर लाने निर्णय गरेको थियो ।

धनकुटा सदरमुकाम वाहेक हिले, सिँधुवा, जीतपुर बजारसहित गाउँका अन्य बजार बन्द छन् ।

रातको समयमा समेत यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । सवारी साधन नचल्दा कोशी पहाडका धनकुटा सहित तेह्रथुम, संखुवासभा र भोजपुरको जनजीवन प्रभावित भएको छ ।

याे पनि पढ्नुस  “मौन प्रदर्शन”का क्रममा भेनेजुयलामा २० जनाको मृत्यु

यसैबीच प्रदेश नम्बर ७ को राजधानी डोटीको दिपायल बनाउनुपर्ने माग गर्दै दिपायलमा शुरु भएको आमहड्ताल आज पनि जारी छ । आमहड्तालका कारण डोटीको जनजीवन प्रभावित भएको छ ।

कमेन्ट गर्नुहोस्