शुरुमा इन्टरनेटमा प्रेम, अनि आफ्नै प्रेमिकाको हत्या गरिन यी १९ वर्षीय युवतीले

अर्जेन्टिना, प्रेम सम्बनधमा कस्ता कस्ता रुप देखिन्छन्, कल्पना पनि गर्न सकिन्न । यस्तै एउटा घटना घटेको छ अर्जेन्टिनामा ।

अर्जेन्टिनामा एकजना १९ वर्षीय युवतीले आफ्नो प्रेमीको हत्या गरेको घटना अहिले विश्वभरी नै चर्चामा छ ।
युवतीले प्रेमीको हत्या गर्नु अघि इन्स्टाग्राममा आफ्नो प्रेम अभिव्यक्त गरेकी थिइन ।

पाँच वर्षदेखि प्रेमसम्बन्धमा रहेपनि गत डिसेम्बरमा उनीहरुको ब्रेक अप भएका बताइन्छ । ब्रेक अप भएपछि सम्बन्ध चिसिएको अवस्थामा युवतीले इन्स्टाग्राममा प्रेममा कहिलेकाहिँ यस्तो हुने नै गर्छ, तर म तिमीलाई साँच्चि माया गर्छ.ु लेखेकी थिइन ।

याे पनि पढ्नुस  गर्भवती शिक्षिकाको हत्या गरेर फरार चार जना एकै दिनमा पक्राउ

युवतीले प्रहरी समक्ष आफुले अपराध गरेको स्वीकार गरेकी छिन् ।

यो घटना राजधानी ब्यूनस आयर्सदेखि २३० किलोमिटर टाढा गुआलेगुआछू शहरको हो । नाहिर गलरजा नाम गरेकी युवतीले आफ्नो बुवाको बन्दूकले प्रेमीलाई दुई चोटी गोली हानेकी थिइन । त्यसपछि उसले प्रेमी फर्नान्डोको इन्स्टाग्राममा आफ्नो र फर्नान्डोको एउटा तस्वीर राखेर त्यसको क्याप्सनमा ‘फाइभ इयर्स टुगेदर’ लेखेकी थिइन ।

याे पनि पढ्नुस  बियरको बोतल प्रहारबाट हजुरबुवाको मृत्यु

घटनापछि उसले यो बारेमा कसैलाई बताइनन र बन्दूक फेरी पुरानै स्थानमा राखिन । अनुसन्धान गर्दा बल्ल नाहिरले आफूले केटालाई मारेको स्वीकार गरिन ।

नाहिरलाई उसको मानसिक अवस्था जाँच गर्न साइकियाटिक अस्पताल पठाइयो तर उनी कुन मानसिक या मनावैज्ञानिक तनावमा रहेको भने देखिएन ।

याे पनि पढ्नुस  अत्तरियामा युवकको हत्या, प्रादेशिक महोत्सव स्थगित

पाँच वर्षपछि प्रेम सम्बन्ध टुटेपछि केही समय अगाडि एउटा नाइटक्लबमा आफ्नो प्रेमी भेटिएपछि त्यहाँ पनि नाहिरले नराम्रो व्यवहार गरेको साथीहरुले बताए ।

कमेन्ट गर्नुहोस्