कसले गर्छ बढी सेक्स, शाकाहारी कि मांशाहारी?

एजेन्सी । यौनसम्बन्धलाई कतिपय पक्षहरुले प्रभाव पारेको हुन्छ । यही आधारमा बिभिन्न अनुसन्धान समेत भएका छन् । कतिपय अनुसन्धानहरु पुरुष या महिला या उमेर समूह या जागिर समूहका आधारमा सेक्सको बानी या प्रकृतिका बारेमा गरिएका छन् । तर हालै मात्र एउटा निकै रोचक अनुसन्धान भएको छ । यसमा शाकाहारी र मांशाहारीको यौन क्षमता र चाहनाबीच तुलना गरिएको छ ।

शाकाहारी र मांसाहारीका बीच अन्य कतिपय कुरामा तुलना गर्ने अध्ययन यसअघि पनि नभएका होइन । तर अहिले यो नयाँ सर्वेक्षण भने एउटा मासु कम्पनीले गरेको हो । यो अनुसन्धानमा मांशाहारी र शाकाहारीले के कति पटक सेक्स गर्छन् भन्ने कुरा खोजिएको छ ।

याे पनि पढ्नुस  नयाँ शोधको दावीः सेक्सका लागि सबैभन्दा उत्तम समय बिहान पौने ८ बजे
Lauren Anderson and Laura Guttridge
Playboy Playmate leads Peta’s annual Capitol Hill veggie dog giveaway to mark National Veggie Dog Day
Washington DC – 18.07.07
Credit: (Mandatory): Carrie Devorah / WENN

अध्ययनका रोचक तथ्यहरु

१. हप्तामा एकपटक सेक्स गर्छन मांशाहारी

सर्भेको परिणाम अनुसार, मासु खाने ४२ प्रतिशत मानिसहरु हप्तामा कम्तीमा पनि एकपटक सेक्स गर्ने गर्दछन् । जबकि शाकाहारी र १५ दिनमा एकपटक मासु खनेहरुमध्ये १६ प्रतिशतले मात्रै हप्तामा एकपटक सेक्स गर्ने गर्दछन् । बाँकी अन्यले एक हप्ता भन्दा बढी समयमा सेक्स गर्ने गर्छन् ।

याे पनि पढ्नुस  महिलामा स्तनको आकार किन फरक हुन्छ ? यस्तो छ अनुसन्धानको निष्कर्श

यो अध्ययनमा ब्रिटेनका २ हजार मानिसलाई समावेश गरिएको छ । त्यसो त यो अनुसन्धान मासु कम्पनीले गरेको हुँदा यसका परिणाममा अनुसन्धान गल्ती या नमूना गल्ती हुने सम्भावना पनि नरहेको होइन ।

यो अध्ययनमा बिभिन्न अन्य देशका तथ्यांकहरुलाई पनि केलाइएको थियो । अनुसन्धानमा जनाइए अनुसार, सबैभन्दा बढी ४९ प्रतिशत सेक्सी (कामुक) मांशाहारी वेल्समा पाइएका थिए जबकि इग्ल्याण्डमा ४६ प्रतिशत र स्कटल्याण्डमा ४० प्रतिशत मांशाहारी कामुक देखिए ।

मोष्ट रोमान्टिक डिस
यो अध्ययनले मासुको टिकिया सबैभन्दा रोमान्टिक खाना भएको कुरा अघि सारेको छ । दोश्रो नम्बरमा फ्राइ रम्प, तेश्रो नम्बरमा रोष्टेड डिनर र स्पेगेटी बोलोग्न्जि बढी रोमान्टिक हुने अध्ययनको निष्कर्श छ ।

याे पनि पढ्नुस  यसकारण जरुरी छ ३५ वर्षपछि नियमित सेक्स

यसअघिका अध्ययनले भन्छ– सेक्समा शाकाहारी नै उत्तम

मासु कम्पनीले मासु खानेहरु बढी सेक्सी हुने र उनीहरुले बढी सेक्स गर्ने बताएपनि यसअघिका कतिपय अध्ययनले भने शाकाहारी मानिसहरु मांशाहारी भन्दा राम्रो यौनसम्बन्ध राख्ने बताएका छन् ।

यी अध्ययनहरुले जे भनेपनि सेक्स व्यक्तिपिच्छै फरक हुने भएकोले यसरी तुलना गर्न नमिल्ने समेत कतिपयले बताउने गर्दछन् ।

कमेन्ट गर्नुहोस्