दस सर्वाधिक सुन्दर एसियाली अभिनेत्रीहरू

केही एसियाली महिलाहरू आफ्नो सौन्दर्यका कारण विश्व प्रसिद्ध छन् । र, यस प्रसिद्धिको कारण सोधिराख्नु पर्दैन । धेरैलाई यो कुनै जादु झैँ लाग्ला तर कला क्षेत्रमा लागेका यी सुन्दर महिलाहरूले आकर्षणको रहस्य बुझेझैँ लाग्छ ।

यी एसियाली अभिनेत्रीहरू को लोभलाग्दो सौन्दर्यको रहस्य हजारौं वर्षको प्रशाधनको परम्परा, विशेष पालन पोषण र घण्टौँको शृंगार पटारमा त छ नै यी महिलाहरूले आफ्नो रूपलाई निखार्न विशेष ध्यान दिने गर्दछन् ।

रूपवती हुनुका साथै कलाकारितामा समेत आफ्नो धाक जमाउन सफल यस्ता महिलाहरूको रूप देखेर चकित नपर्ने कमै होलान् । यस्तो अनुपम सौन्दर्यकी धनी दस एसियाली अभिनेत्रीहरू यी हुन् :-

१. ऐश्वर्या राय

 

सन १९९४ मा विश्व सुन्दरीको ताजन पहिरिन सफल ऐश्वर्या राय हालसम्म आफ्नो मोहक सौन्दर्यका कारण चर्चामा छिन् । उनलाई भारतकी मोनिका बेलुची पनि भन्ने गरिएको छ ।

सुन्दर हुनुका अतिरिक्त उनले धेरै भशाहरू समेत जानेकी छिन् जसले उनलाई थुप्रै भाषाका चलचित्रहरूमा अभिनय गर्ने अवसर प्रदान गरेको छ ।

याे पनि पढ्नुस  करन र ऐश्वर्याको सम्बन्ध समाप्त

२. क्लाउडिया लिंक्स

सन १९८२ मा इरानको राजधानी तेहरानमा जन्मिएकी यी सुन्दरीलाई ‘पर्सियाकी देवी’ भनेर पनि चिनिन्छ । यिनी गायिका, अभिनेत्री, मोडल र अनुवादकका साथै यिनले वर्षौँदेखि गर्दै आइरहेको परोपकारी कामका लागि पनि प्रख्यात छिन् ।

३.सेरिन अब्दलनुर

nk

प्रसिद्ध लेबनानी अभिनेत्री , मोडल र गायिका सेरिन अहिले ४० वर्षकी भइन् । आफ्नो अद्वितीय सौन्दर्यका कारण नै यिनले देशका प्रख्यात निर्माता-निर्देशकहरूको ध्यान आफुतिर तान्न सफल भइन् ।

हाल यिनी सबैभन्दा बढी रुचाइएकी र सबैभन्दा बढी पारिश्रमिक पाउने नायिकामा दरिएकी छिन् ।

४. फ्रीडा पिन्टो

 

अंग्रेजी साहित्यमा स्नातक भारतीय मूलकी अभिनेत्री एवं नृत्यांगना फ्रीडा अहिले ३३ वर्षकी भइन् । उनी सन २००८ को अस्कर पुरस्कार विजेता सिनेमा ‘स्लम डग मिलेनियर’बाट चर्चामा आएकी हुन् ।

याे पनि पढ्नुस  OMG! A 29-Year Old Man Claims That Aishwarya Rai Bachchan is His Mother!

५. हाफिया वहबी

 

भर्खर मात्र ४१ लगेकी लेबनानी बाला हाफिया आफ्नो अभिनय र गायन का कारण मध्यपूर्व भरी प्रसिद्ध छिन् । उनले १६ वर्षको उमेरमा नै ‘मिस साउथ लेबनान’को उपाधि जितेर व्यावसायिक रूपमा नै मोडलिङ् थालेकी थिइन् ।

६. प्रियंका चोपडा

सन २००० की विश्व सुन्दरी प्रियंका बलिउडकी प्रसिद्ध अभिनेत्री हुन् भनेर भनिरहनु परेन । युनिसेफकी सद्भावना राजदूत समेत रहेकी प्रियंकाको ख्याति जति उनको अभिनयका कारण छ त्यत्तिकै उनको आकर्षक रूपका कारण पनि ।

उनी चलचित्रमा अभिनय गर्नुका अतिरिक्त सामाजिक कार्यहरूमा समेत संलग्न रहेकी छिन् ।

७. राभसाना कुरुकोभा

 

उज्बेक मूलकी रसियाली सुन्दरी रेभसाना रुसका केही सफल चलचित्रहरूमा देखा परिसकेकी छिन् । अभिनय तिर खासै पृष्ठभूमि नभएकी यी सुन्दरी हाल ३५ की भइन् ।

अहिले यिनी धेरै रुचाइएकी रसियन अभिनेत्रीहरूको सूचीमा पर्न सफल भएकी छिन् ।

याे पनि पढ्नुस  यी हुन्, ब्रेकअपपछि एक–अर्काविरुद्ध उत्रिएका सेलेब्रिटी

८. सबा मुबारक

जोर्डनकी प्रख्यात टेलिभिजन एवं फिल्म स्टार सबाले ‘उत्कृष्ट अरेबियन अभिनेत्री’को उपाधि जिती सकेकी छिन् । ४१ वर्षीय यी सुन्दरीले नाट्य अभिनय र निर्देशनमा स्नातक गरेकी छिन् ।

९. सोफिया बउटेला

अल्जीरियामा जन्मेकी सोफिया विशेष गरी हिप हप र स्ट्रीट डान्सका लागि प्रख्यात छिन् । यसका अतिरिक्त यिनले अभिनय र निर्देशनमा समेत सफलता पाएकी छिन् ।

हाल ३५ टेकेकी यी सुन्दरीले रिहाना, ब्रिटनी स्पेयर्स, जस्टिन टिम्बरलेक जस्ता ख्यातिप्राप्त गायिकाहरूसँग कन्सर्टहरूमा समेत भाग लिइसकेकी छिन् ।

यिनी सन २०१५ मा ‘किंग्स म्यान: द सिक्रेट सर्भिस’ भन्ने चलचित्रमा देखिइसकेकी छिन् ।

१०. झाङ्ग जिई

चिनियाँ चलचित्रकी यी सुपर स्टार झाङ्ग ‘गिसा डायरिज’ र ‘द हाउस अफ फ्लाइङ् ड्यागर्स’का कारण चर्चित छिन् । ३८ लागेकी उनी हाल विश्वमै चार सर्वाधिक चर्चित चिनियाँ अभिनेत्री मध्ये पर्दछिन् ।

 

 

 

 

कमेन्ट गर्नुहोस्