पार्टी एकताको विषयमा निर्णय गर्न एमाले स्थायी समिति बैठक बस्दै

काठमाडौं, पुस २३ । समसामयिक राजनीति र पार्टी एकताका विषयमा छलफल गर्न नेकपा एमालेले स्थायी समितिको बैठक बोलाएको छ ।

सोमबार दिउँसो २ बजेका लागि बोलाइएको स्थायी समिति बैठकमा नेकपा माओवादी केन्द्रसँगको पार्टी एकता, नयाँ सरकार गठन, अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य परीक्षणका लागिका लागि बैकंक लगायतका विषयमा छलफल हुने बताइएको छ ।

याे पनि पढ्नुस  एमालेले ३२ जिल्लामा उम्मेदवारको टुंगो लगायो, कसले कहाबाट टिकट पाए ?

बैठक एमाले अध्यक्ष ओलीका निवास बालकोटमा बस्ने छ । पार्टी एकता एमाले र माओवादीबीच पार्टी नेतृत्व, सिद्धान्त र संगठनात्मक दाँचाका विषयमा विवाद छ । सोमबारको बैठकमा यस विषयमा गम्भीर रुपमा छलफल हुने बताइएको छ । कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जारी गरेको पत्रमा यसबारेमा जानकारी दिइएको छ ।

याे पनि पढ्नुस  एकीकृत पार्टीमा बहुनेतृत्व : पोखरेल

एक सातादेखि स्वास्थ्यमा सामान्य समस्या आएपछि ओली नियमित स्वास्थ्य परीक्षणका लागि पुस २६ गते थाइल्याण्ड जाने कार्यक्रम छ ।

ओलीको स्वास्थ्यका कारण एकता संयोजन समितिको बैठक अहिलेसम्म बस्न सकेको छैन भने माओवादी अध्यक्ष प्रचण्डसँग पनि पछिल्लो पटक अघिल्लो शुक्बार भेटर्बाता भएको थियो । त्यस यता दुई नेताबीच छलफल हुन सकिरहेको छैन ।

कमेन्ट गर्नुहोस्