प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग्दै केसी फेरि अामरण अनशनमा

काठमाडौं, पुस २४। सग्रह चिकित्सा शिक्षा र क्षेत्रको सुधारको माग गर्दै दर्जन बढी पटक आमरण अनशन बसिसेकेका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर गोविन्द केसीले पछिल्लो समय भ्रष्टचार विरुद्ध पनि आनदोलित भएका छन् । साथै उन सुशासन र विसंगतिविरुद्ध पनि सक्रिय हुन थालेका छन् ।

पछिल्लो पटक उनी सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसीले आरमण अनसन सुरु गरेका छन् ।

याे पनि पढ्नुस  भदौ २१ गतेबाट पुनः अनसन बस्ने डा. केसीको चेतावनी

पराजुलीसहितको इजलासले डीन डा. शशी शर्मालाई पुनर्वहाली गर्न आदेश दिएलगत्तै डा. केसीले अनसन सुरु गरेका हुन् । केसी ४ बजेबाट अनसन बसेका छन् ।

त्यसअघि पत्रकार सम्मेलन गरेर डा. केसीले प्रधानन्यायाधीश पराजुलीमाथि भ्रष्ट र माफिया भएको आरोप लगाए । ‘हाम्रो न्यायालय न्याय दिने होइन, न्यायको किनबेच गर्ने, भ्रष्ट र अपराधीहरुसँग मिलेमतो गरेर तिनीहरुको संरक्षण गर्ने तथा इमानदारहरुलाई दण्डित गर्ने गिरोहको नियन्त्रणमा छ’ उनले भनेका छन् ।

याे पनि पढ्नुस  प्राविधिक त्रुटिका कारण जन्ममिति फरक : डा केसी

न्यायलयलाई व्यक्तिगत स्वार्थपूर्ति गर्ने माध्यम र आफ्ना न्यायिक अपराध छोप्ने खोल बनाएको भन्दै उनले भनेका छन्, ‘न्यायालयको मर्यादा बचाउन पनि भ्रष्ट र माफिया प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध लड्नुको अब विकल्प छैन ।’

पाँच बुँदे माग राख्दै अनसन थालेका डा. केसीले पराजुलीको राजीनामालाई पहिलो माग बनाएका छन् । साथै उनीमाथि छानविन गरेर कारबाही गर्नु पर्ने उनले बताएका छन् ।

याे पनि पढ्नुस  डा केसीसँग मध्यरातसम्मको वार्ता असफल

त्यस्तै उनले चिकित्सा शिक्षा आयोग गठन, आईओएमका बहालवाला डीनमा जेपी अग्रवाललाई कायमै राख्नु पर्ने तथा शशी शर्माका साथै त्रिवि पदाधिकारीलाई बर्खास्त गर्नु पर्ने उनको माग छन ।

चार वर्षेकालसहित चार वर्ष अगाडि नियुक्त भएका अग्रवालको यसै महिना कार्यकाल समाप्त हुदै छ । तर कार्यकाल ६ दिन मात्रै बाँकी रहेको समयमा प्रधानन्यायाधीश पराजुलीको इजलासले अग्रवाललाई पुनर्बाहालीका लागि बाटो खोलिदिएको हो ।

कमेन्ट गर्नुहोस्