तत्काल ५ नं प्रदेशको राजधानी दाङ तोकिनुपर्छ : पोखरेल

दाङ, पुस २६ । नेकपा एमालेका नेता तथा दाङ क्षेत्र नं २ को १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद शंकर पोख्रेलले जनताले आफ्नो नेता चुनेर पठाएको एक महिना बितिसक्दा पनि राज्यले आफूहरूलाई चिन्न नसक्नु विडम्बना भएको बताएका छन् ।

रिपोर्टर्स क्लव दाङले बुधबार दाङको टरिगाउँ विमानस्थलमा गरेको साक्षात्कार कार्यक्रममा उनले प्रदेशको अस्थायी राजधानी तोक्न सरकारलाई कुनै पनि अप्ठ्यारो नरहेको बताए । उनले दाङलाई प्रदेश नं ५ को अस्थायी राजधानी तत्काल तोक्न सरकारलाई आग्रह गरे ।

याे पनि पढ्नुस  हत्याको विरोधमा मौन र्याली

पार्टी एकताका लागि आज दुई पार्टीको नेतृत्वबीच कार्यदलसहितको महत्वपूर्ण छलफल भएको उनको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्