रामायणदेखि महाभारतसम्म, वैदिक र उत्तरवैदिक हिन्दु साहित्यमा आँखा फर्फराउनुलाई नराम्रो अर्थमा लिइन्छ । खासगरी बायाँ आँखा फर्फराएमा त्यसले अशुभ संकेत गरेको भनेर अहिले पनि डराउने गर्छन् मानिसहरु ।
हिन्दू साहित्यमा लेखिएजस्तो कुरा विज्ञानले मान्दैन । विज्ञानले आँखा दुख्नु र शुभ अशुभ हुने कुराबीच कुनै तादाम्यता देख्दैन ।
के छ छन् दुबैका दावी ?
धार्मिक मान्यता अनुसार, आँखा फर्फराउने कुरा
विज्ञानले भने यस्तो भन्छ
आँखा फर्फराउनु भनेको आँखाको मथिल्लो या तल्लो परेला अनियन्त्रित रूपमा कम्पन हुनु हो । विशेष गरी आँखाको माथिलो परेला फर्फराउने गर्छ ।
आँखा फर्फराउनुलाई मेडिकल भाषामा ‘ब्लेफारोस्पाज्मु भनिन्छ । यसले दुवै आँखाको मांसपेशीमा प्रभाव पार्छ । कसैको आँखा केही क्षणका लागि मात्र फर्फराउने गर्छ भने कसै कसैको तीन र चार महिनासम्म पनि फर्फराउन सक्छ । पुरुषको तुलनामा महिलामा आँखा फर्फराउने समस्या बढी देखिन्छ ।
कारण
आँखा फर्फराउनुको कारण यही नै हो भनेर ठोकुवा गर्न सकिँदैन । किनभने यसको कारण हालसम्म अज्ञात छ । विज्ञहरूको भनाइअनुसार सम्भावित कारणहरू यस्ता हुनसक्छन् ।
थकानः धेरै टीभी वा दिनभरि कम्प्युटर, ल्यापटप, मोबाइलको स्क्रिनमा हेर्दा आँखामा बढी दबाब पर्ने भएकाले आँखा फर्फराउने समस्या देखा पर्नसक्छ।
मानसिक तनावः हामी सबैलाई केही न केही तनावले सताइरहेको हुन्छ । अत्यधिक तनाव हुँदा शरीरले विभिन्न किसिमबाट प्रतिक्रिया दिने गर्छ । आँखा फर्फराउनु पनि शरीरले दिने एक किसिमको प्रतिक्रिया नै हो । विशेषगरी दृष्टिसम्बन्धी समस्या जस्तै आधा टाउको दुख्नु (माइग्रेन) कमजोर दृष्टि हुनेहरूको आँखा बढी फर्फराउने गर्छ ।
आँखामा दबाबः धेरै बेरसम्म कुनै वस्तुलाई लगातार एकटकले हेरिरहँदा आँखामा बढी दबाब पर्न जान्छ । यसले आँखाका मांसपेशीलाई पुनः एक्टिभ गर्न पनि आँखा फर्फराउने गर्छ ।
चस्माको प्रयोगः तपाईं लामो समयदेखि पावर प्लस र माइनस भएको चस्मा लगाउनुहुन्छ र एक्कासि चस्मा लागाउन छोड्नुभयो भने आँखा फर्फराउने हुन्छ ।
मद्यपानः अत्यधिक मदिरापान, लागूपदार्थ सेवनले पनि आँखा फर्फराउने हुनसक्छ ।