गौचन हत्याकाण्डका थप तीन आरोपी पक्राउ

काठमाडौं, पुस २७ । निर्माण व्यावसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा काठमाडौंका सूर्य बाजी, उदयपुरका राजकुमार शाह र सिरहाका श्याम गुप्ता रहेका छन् । गत असोज २३ गते भएको गौचनको हत्यामा उनीहरुले सहयोगीको भूमिका खेलेको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  हत्याकाे विराेधमा निर्माण व्यवसायी महासंघद्वारा आन्दोलन घोषणा

केन्द्रीय अनुसन्धान व्यूरोले मुख्य योजनाकार समीर मान सिंह बस्न्यातसहित ६ जनालाई पक्राउ गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्