गयो सेल्फी स्टिकको जमाना, फोन केसले नै ड्रोन बनेर लिने सेल्फी

अमेरिकाको लास भेगासमा विश्वकै सर्वाधिक ठुलो विद्युतीय सामग्रीहरूको मेला कंज्युमर इलेक्ट्रोनिक सो (सीइएस- २०१८) सिद्धिन गइरहेको छ । यहाँ हरेक दिन जसो नयाँ र अनौठा लाग्ने ग्याजेटहरू सार्वजनिक भएको समाचार आउँदैछन् । औंलाले मात्रै फोन रिसिभ गर्न सकिने ग्याजेट देखि आर्टिफिसियल इन्टेलिजेन्स (एआइ ) क क्षेत्रमा महत्वपूर्ण उपलब्धिहरू सार्वजनिक भैसकेका छन् जसले उपभोक्ताहरूलाई लोभ्याइरहेका छन् ।

याे पनि पढ्नुस  नेपाल आउँदै भारतीय गुगल ब्वाई

यसै सोमा एउटा यस्तो अनौठो ग्याजेट प्रदर्शनमा आएको छ जसले सेल्फी स्टिकलाई विस्थापित गर्नेछ । यो एउटा स्मार्ट फोन केस हो जसले एरियल सेल्फी लिन सहयोग गर्नेछ । यस केसलाई प्रयोगकर्ताले सेल्फी लिन खोज्दा ड्रोनको स्वरूप धारण गर्नेछ र यसले चिताएको सेल्फी खिच्न सक्नेछ । यस केसलाई सेल्फी क्यामेरा एलएलसी नामक कम्पनीले बनाएको हो । यो आफ्नो प्रकारको पहिलो र अनौठो ग्याजेट हो ।

याे पनि पढ्नुस  फेसबुक मेसेन्जरमा डिसलाइक बटन

कम्पनीले दिएको जानकारी अनुसार यो केसलाइ मात्र एक क्लिकमा ड्रोनमा बदल्न सकिने छ । एउटा बटन थिच्नासाथ यो ड्रोन बनेर निश्चित दुरीसम्म उड्ने छ । यो उडिसकेपछि प्रयोगकर्ताले चाहेको कमाण्ड दिएर तस्बिर लिने या भिडियो लिने बारे तय गर्न सक्नेछ ।

याे पनि पढ्नुस  बजारमा आयो ओट्टो मार्क

ब्याट्री चालित ड्रोनलाई फुल चार्ज गर्न मात्र आधा घण्टा लाग्ने बताइएको छ । यसको बिक्रि मार्च अप्रिलबाट अमेजन दात कमबाट सुरु हुने बताइएको छ । यसको मुल्य एक सय ३० अमेरिकी डलर हुने बताइएको छ ।

कमेन्ट गर्नुहोस्