आउँदै सामसुङ् ग्यालेक्सी एस ९ र एस ९ प्लस: कस्ता छन् विशेषता

विश्वप्रसिद्ध मोबाइल फोन निर्माता कम्पनी सामसुङ्ले बहुप्रतीक्षित सामसुङ् ग्यालेक्सी एस-९ बजारमा ल्याउने तयारी पुरा भइसकेको जनाएको छ ।
ग्याजेट प्रेमीहरूले खुबै प्रतीक्षा गरिरहेको भनेको यस प्रिमियम फ्ल्यागसिप फोनले एप्पलको आइफोन एक्सलाई सिधा टक्कर दिने जनाएको छ ।
सामसुङ्को मोबाइल बिजनेस विभागका अध्यक्ष डीजे कोहले ग्यालेक्सी एस श्रृंखलाका दुई प्रिमियम उत्पादन एस ९ र एस ९ प्लसका लागि उपभोक्ताहरूले धेरै प्रतीक्षा गर्नु नपर्ने बताएका छन् ।
एउटा अन्तरवार्ताका क्रममा कोहले यी दुबै भर्सन फेब्रुअरी २६ देखि मार्च १ सम्म बार्सिलोनामा आयोजित हुने विश्वकै सर्वाधिक ठुलो मोबाइल फोन व्यापार प्रदर्शनी द मोबाइल वर्ल्ड कङ्ग्रेसमा सार्वजनिक हुनेछन् ।
कस्ता छन् विशेषता ?
हालै मिडियामा ग्यालेक्सी एस ९ र एस ९ प्लस को रिटेल बक्सको फोटो र यसका स्पेसिफिकेसनहरू सार्वजनिक भएका छन् जुन हालसम्म गोप्य राखिएका थिए ।

याे पनि पढ्नुस  यौन चाहना अनुसार पारदर्शी हुँदै जाने अनौठो कपडा (भिडियो सहित)


प्राप्त सूचना अनुसार सामसुङ् ग्यालेक्सी एस ९ मा सुपर स्पीड १२ मेगापिक्सलको ड्युअल क्यामेरा राखिएको छ जसको अपर्चर एफ १.५/एफ २.४ हुनेछ । त्यसका अतिरिक्त यसमा ८ मेगापिक्सलको फ्रंट क्यामेरा हुनेछ । यसका अतिरिक्त फोनमा ५.८ इन्च क्वाड्एचडी प्लस सुपर एमोलेड डिस्प्ले, आइपी ६८ रेटिङ् आइरिस स्क्यानर, ४ जिबी ऱ्याम र ६४ जिबी इन्टरनल स्टोरेज रहेको बताइन्छ । यसका अतिरिक्त यसमा वायरलेस चार्जिङ् र हेडफोन ज्याक जस्ता विशेषता युक्त रहेको छ ।
यसका अतिरिक्त यो फोन वाटर रेसिस्टेंट र डस्टप्रुफ समेत रहेको जनाइएको छ ।
यसको कयामेरामा सुपर स्लो मोसन तस्बिर लिन सक्ने विशेषता समेत रहेको छ ।
सामसुङ्ले एस सिरिजका फोनहरू यस्तै टेक सोहरूमा सार्वजनिक गर्ने गरेको छ । पछिल्लो पटक एमडब्ल्यूसी २०१७ मा उसले ग्यालेक्सी एस ८ र ८ प्लस सार्वजनिक गरेको थियो जसलाई अप्रिलदेखि बिक्रीका लागि खोलिएको थियो ।

याे पनि पढ्नुस  फेसबुक मेसेन्जरमा डिसलाइक बटन

 

कमेन्ट गर्नुहोस्