प्रचण्ड राष्ट्रपतिले गर्ने जलपान कार्यक्रममा सहभागी हुँदै

काठमाडौं, माघ १ । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अाज राष्ट्रपति विद्यादेवी भण्डारीले अायाेजना गर्ने जलपान कार्यक्रममा सहभागी हुँदै छन् ।

दिउँसो ३ बजे हुने कार्यक्रममा प्रचण्ड सहभागी हुने तय भएकाे दाहालकाे निजि सचिवालयले जनाएकाे छ ।

यसअघि गएकाे शुक्रवार साँझ पनि राष्ट्रपति भण्डारी र प्रचण्डको परिवारले डिनर सँगै खाएका छन् ।

याे पनि पढ्नुस  प्रदेश ४ः रामशरण बने मन्त्री, माओवादी केन्द्रले पठाएन

शुक्रवार साँझ शितलनिवासमा राष्ट्रपति भण्डारीले डिनर दिएकी हुन् । राष्ट्रपति निवासमा दिइएको डिनरमा अध्यक्ष प्रचण्डसँगै उनकी पत्नी सीता , माहिली छोरी रेणु दाहाल र उनका पति अर्जुन पाठक, बुहारी बीना मगर र स्व प्रकाश दाहालका छोराहरु प्रसिद्ध र प्रणब सहभागी थिए ।

याे पनि पढ्नुस  एक साता भित्र ओली सरकार, एमाले र माओबादी दुवैले थाले हस्ताक्षर अभियान !

त्यस्तै डिनरमा प्रचण्डका जेठा ज्वाइँ सागर केसी र उनका छोरीहरु, कान्छी छोरी गंगा दाहाल र उनका पति जीवन आचार्य लगायत उनीहरुका सबैजना छोराछोरी समेत सहभागी बनेका थिए ।

बेलुकी साढे ५ बजे परिवारसहित शीतल निवास पुगेका प्रचण्डको परिवार ४ घण्टा त्यहाँ बिताएर साढे नौ बजे खुमलटारस्थित आफ्नो निवासमा फर्किएको थियाे ।

कमेन्ट गर्नुहोस्