सिरहा, माघ १ । पछिल्ला दुई सातादेखि बढेको अतयधिक चिसो र शीतलहरका कारण सिरहा जिल्लामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । पछिल्लो समय थप तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कर्जन्हा नगरपालिका ६ का करीब सय बर्षीया सीयावर्ती हाय, गोलबजार नगरपालिका ८ का ६५ वर्षीया बिलटु गुप्ता र लहान नगरपालिका ६ का ६५ वर्षीया सितादेवी भट्टराई छन् ।
त्यसैगरी, चिसोको कारण सप्तरीमा पनि १९ जनाको मृत्यु भइसकेको छ । भने अन्य जिल्लामा पनि अत्यधिक चिसो र शीतलहरले मृत्यु र प्रभावित हुनेको संख्यो ठूलो रहेको छ ।