अदुवा सेवन गर्नुहुन्छ भने होसियार, यस्तो अवस्थामा हुनसक्छ हानि

स्वस्थकर मानिए पनि सबैका निम्ति फाइदाजनक छैन अदुवा

अदुवा साह्रै गुणकारी खाद्य पदार्थ हो । हामीकहाँ मसलाका रुपमा लोकप्रिय अदुवाको सेवन धेरै दृष्टिले लाभदायक मानिन्छ ।  तर अदुवाले स्वस्त्थ समस्याहरू पनि निम्त्याउँछ भन्दा तपाईंलाई अचाम्म्लाग्न सक्छ । खासमा कुनै पनि वस्तु शतप्रतिशत हानिकारक या लाभदायक हुँदैन । हरेकका केही फाइदा र बेफाइदाहरू हुन्छन् नै । केही विशेष प्रकारका स्वास्थ्य अवस्थाहरू छन् जसमा अदुवा सेवन गर्नु हानिकारक हुन्छ । हेरौं कस्ता व्यक्तिहरूले अदुवाको सेवन कम गर्नु पर्दछ ।

याे पनि पढ्नुस  अदुवा निकासी ठप्प

कम तौल भएका व्यक्ति

यदि तपाईंको शरीरको तौल कम छ भने अदुवा तपईंको लागि हैन । यसले हाम्रो आमाशयमा रहेको पाचक एंजाइमलाई व्यवस्थित त गर्छ नै यसले भोक लाग्ने क्रियालाई सुस्त बनाइदिन्छ जसले वजन घट्ने हुन्छ । झन् यसरी वजन कम भएकाहरूमा कपाल झर्ने र भिटामिनको कमीको समस्या पनि देखिन सक्छ ।

रगत नजम्ने समस्या भएमा

याे पनि पढ्नुस  अदुवा बिक्री नभएपछि कृषक निराश

हिमोफिलिया भन्ने रगत सम्बन्धित समस्या भएका व्यक्तिले अदुवाको सेवन कम गर्नु पर्दछ । यो त्यस्तो समस्या हो जसमा घाउबाट बग्ने रगत नजम्ने हुन्छ । अदुवाले रक्त संचारको गति बढ्ने भएकाले त्यस्तो समस्या भएका व्यक्तिहरूले अदुवा सेवन गरे सामान्य होत लाग्दा पनि बढी रगत बग्ने समस्या देखिन सक्छ ।

गर्भावस्थामा 

गर्भावस्थाको सुरुवाती दिनहरूमा अदुवा सेवनले वाकवाकी लाग्ने जस्ता समस्याहरूमा नियन्त्रण गर्न मद्दत गर्दछ । तर यसका अन्तिम दिनहरूमा भने अदुवाले समय पुग्नु अगावै प्रसव पीडा गराएर समय नपुगी बच्चा जन्मिन सक्छ ।

याे पनि पढ्नुस  मुटु स्वस्थ राख्नका लागि अदुवा

मधुमेह र रक्तचापको औषधि सेवन गरिराखेका व्यक्तिहरू

मधुमेह र उच्च रक्तचापको समय भएका व्यक्तिहरूले अदुवाको सेवन नगर्नु नै राम्रो हुन्छ । यस्ता बिरामीहरूलाई बिटा-ब्लकर, एंटिकोगुल्यान्टस् अर्थात् रगत पातलो पर्ने औषधि या इन्सुलिन जस्ता औषधि दिने गरिन्छ । अदुवासँग मिलेर यस्ता औषधिहरूले हानिकारक असर गर्ने गर्दछन् ।

 

कमेन्ट गर्नुहोस्