प्रधानमन्त्रीले डाके प्रमुख तीन दलको बैठक

काठमाडौं, माघ २। निर्वाचन आयोगले सरकारले प्रदेश प्रमुख नियुक्त नगर्दा आफू समस्यामा परेको गुनासो गरेपछि यस विषयमा निर्णय गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुसँग छलफल गर्दैछन् ।

छलफलका लागि देउवाले एमाले र माओवादी नेतालाई मंगलबार बिहान ९ बजे बालुवाटार बोलाएका छन् ।

यो छलफलपछि दिउँसो मन्त्रिपरिषद बैठक पनि बोलाइएको छ । मन्त्रिपरिषद बैठक चार बजे बस्ने तय भएको छ । सोही बैठकबाट प्रदेश प्रमुख तथा प्रदेशको अस्थायी सम्पर्क कार्यालय खोल्ने निर्णय हुने बताइएको छ ।

सरकारले प्रदेश प्रमुख नतोकिदिँदा निर्वाचन आयोगले प्रदेशसभातर्फको समानुपातिक तर्फको निर्वाचन परिणाम बुझाउन पाएको छैन भने यसकै कारण राष्ट्रियसभा निर्वाचनमा पनि ढिलाइ भइरहेको छ ।

कमेन्ट गर्नुहोस्