सरकार आज प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्दै, यी हुन सम्भावित नाम

काठमाडौं, माघ २ । सरकारले आज प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गरेको छ । प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न मन्त्रिपरिषदको बैठक अपरान्ह बस्दै
छ ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको ४० दिनसम्म पनि प्रदेश प्रमुख र अस्थाई मुकाम तोक्न नसकेको भन्दै सरकारको आलोचना भईरहेका बेला मन्त्रीपरिषदको आज बैठकले यसबारे निर्णय गर्न लागेको हो ।

मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटार अपरान्ह साढे ४ वजे बस्दैछ । प्रदेश प्रमुखको नियुक्ती र अस्थायी मुकाम तोक्ने विषयमा आजको मन्त्रिपरिषद बैठकले निर्णय गर्ने कानून मन्त्री यज्ञवहादुर थापाले जानकारी दिएका छन् ।

याे पनि पढ्नुस  विकासशील राष्ट्रमा जानसक्ने अवस्था छैन : मन्त्रिपरिषद

देश प्रमुख नियुक्ती र अस्थायी मुकाम तोक्न विलम्व हुँदा निर्वाचन आयोगले प्रदेश सभातर्फको अन्तिम मत परिणाम सार्वजनिक गर्न सकेको छैन ।

प्रदेशतर्फको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएको १ हप्ताभित्रमा जनप्रतिनीधिले प्रदेश प्रमुखबाट सपथ खानुपर्ने संवैधानिक व्यवस्था छ ।

अस्थायी मुकामका लागि यी नाम चर्चामा छन्ः प्रदेश नंं १ को विराटनगर, प्रदेश नंं २ को जनकपुर, प्रदेश नंं ३ को भक्तपुरको ठिमी, प्रदेश नंं ४ को पोखरा, प्रदेश नंं ५ को दाङ, प्रदेश नंं ६ को सुर्खेत र प्रदेश नंं ७ को धनगढी अस्थायी राजधानीका लागि प्रस्ताव गरिएका छन् ।

याे पनि पढ्नुस  मन्त्रिपरिषद्का २१ निर्णयः रेल खरिददेखि निकुञ्ज व्यवस्थापन

प्रदेश प्रमुखका लागि यसअघि चर्चा गरिएका नाम यस्ता छन्ः त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, पूर्वप्रधानसेनापति रुक्मांगत कटवाल, सर्वोच्च अदालतका पूर्वन्यायाधीश रामनगिना सिंह, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल र माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला लगायतको नाम चर्चामा रहेको छ ।

तर सरकारले आज यीनै नामलाई निणर्य गर्छ वा नाम व्यक्तिलाई नियुक्त गर्छ त्यो थाहा पाउन भने साझसम्म पर्खनु पर्ने छ । यस अघि चर्चा गरिएका नाममा वाम गठबन्धनको असहमति रह्को छ ।

कमेन्ट गर्नुहोस्