अचानक मन्त्रिपरिषद बैठक स्थगित, यस्तो छ कारण

काठमाडौं, माघ २ । प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न भन्दै आजका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक अचानक स्थगित गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुखको नियुक्तिमा दलीय सहमति खोजे प्रयास असफल भएपछि बैठक भोलिसम्मका लागि स्थगित गरिएको बताइएको छ । बैठक भोलि विहान बस्ने तयारी छ ।

याे पनि पढ्नुस  यी हुन ७ नं प्रदेश मन्त्रिपरिषदले गरेका निर्णय

प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने विषयमा एमाले–माओवादी लगायतका दलसँग सहमति खोज्न प्रधानमन्त्री देउवाको औपचारिक प्रयास सफल हुन नसकेपछि मन्त्रिपरिषद बैठक नै सारिएको बुझिएको छ । दलीय सहमति जुट्न नसक्दा सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न सकिरहेको छैन ।

कमेन्ट गर्नुहोस्