ओली प्रधानमन्त्री र प्रचण्ड अध्यक्ष बन्ने सहमति भइसकेको छ : नेता मोदी

काठमाडौं, माघ २ । नेकपा माओवादी केन्द्रका नेता अमनलाल मोदीले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकीकृत पार्टीको अध्यक्ष हुने सहमति पहिले नै भइसकेको खुलासा गरेका छन् ।

राजधानीको एक कार्यक्रममा बोल्दै नेता मोदीले एमाले र माओवादीबीचमा एकता हुँदा केपी शर्मा ओली र प्रचण्डमध्ये एकजना प्रधानमन्त्री र एकजना पार्टी अध्यक्ष बन्ने मोदीले दाबी गरेका छन् ।

याे पनि पढ्नुस  भारतको इशारामा माओवादीलाई सरकार बाहिर राख्ने तयारी भइरहेको छ : केसी

मोरङ क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका प्रभावशाली नेता महेश आचार्यलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य बनेको मोदीले भने , ‘केपी ओली प्रधानमन्त्री बन्नुभयो भने प्रचण्ड पार्टी अध्यक्ष बन्नुहुन्छ । यसमा विमति छैन । यो त पहिले कै सहमति हो ।’ माओवादी केन्द्रका नेता अमनलाल मोदीले नेकपा एमाले–माओवादीबीच सरकार गठन अघि नै पार्टी एकता हुने पनि बताए ।

याे पनि पढ्नुस  एकता दुवै पार्टीका साथीहरुले आत्मगौरब गर्ने गरी हुनुपर्छ : सापकोटा

दुईवटा ठूला पार्टीबीच एकता हुँदा अलिअलि समस्या देखिनु सामान्य रहेको बताउदै पार्टी एकतामा असर पुग्ने गरी विवाद नरहेको दावी गरे । अझै बाहिर भनिए जस्ता सरकार र पार्टी नेतृत्व कसले गर्ने भन्ने विषयमा पनि कुनै विवाद नरहेको उनले जिकिर गरे ।

“पार्टी एकता गर्नका लागि केही समस्या देखापर्छ । तर मूल कुरा जनताको म्यान्डेटले पार्टी एक हुने सन्देश दिएको छ ।’, नेता मोदीले भने, ‘सरकार बनाउनका लागि मात्रै होइन, पार्टी एकता हुन्छ भनेर जनताले भोट दिएका हुन् ।

याे पनि पढ्नुस  माओवादी केन्द्रको समानुपातिक सूचीको १ नं.मा रेखा शर्मा, सूचीसहित

एकताका लागि बनेको कार्यदलले सबै समस्या समाधान गर्न गृहकार्य गरिरहेको उनले बताए । पार्टी एकतापछि मात्रै सरकार गठन गर्ने तयारी रहेको र आफूनो पनि त्यसैमा जोड् रहेको उनलेब ताए ।

कमेन्ट गर्नुहोस्