बाहुबली-२ अब पाठ्यक्रममा, एमबीएका विद्यार्थीहरूले पढ्ने भए फिल्मबारे

काठमाडौँ, माघ २ । बक्स अफिसमा भरपुर कमाइ गर्नुका साथै समीक्षकहरूको ध्यान समेत आकृष्ट गर्न सफल फिल्म  ‘बाहुबली-२‘ अब पाठ्यक्रममा सामेल हुने भएको छ । भारतीय समाचार पोर्टल डीएनएले जनाए अनुसार भारतको अहमदाबाद स्थित प्रसिद्ध संस्थान इण्डियन इन्स्टिच्युट अफ् म्यानेजमेन्ट (आइआइएम- अहमदाबाद)ले एमबीए कार्यक्रम अन्तर्गत ‘समसामयिक फिल्म उद्योग- एक व्यवसायिक दृष्टिकोण’ नामक ऐच्छिक पत्र अन्तर्गत यसलाई सामेल गर्ने भएको हो ।

याे पनि पढ्नुस  Prabhas To Make His Debut In Bollywood With A Romantic Drama

एनडीटिभीले लेखेको समाचारमा आइआइ एम फिल्म उद्योगमा यस प्रकारको पाठ्यक्रम राख्ने एसियाकै पहिलो बिजनेस स्कुल हो । हाल यस पाठ्यक्रमलाई सात सय विद्यार्थीहरूले पढ्ने चासो देखाएका छन् । पाठ्यक्रममा ‘सिनेमा व्यापारमा सिक्वेलको शक्ति’ शीर्षक अन्तर्गत यस फिल्मलाई ‘केस स्टडी’का निम्ति राखिएको छ ।

यस पाठ्यक्रममा विशेष गरी फिल्म निर्माण केन्द्रविन्दु बनाएर यस रचनात्मक उद्योगको बहुआयामिक अध्ययन गराइने छ ।

यस समाचारलाई पुष्टि गर्ने क्रममा आइआइएमका प्राध्यापक भारतन कंडास्वामीले यसै वर्षदेखि भारतको सर्वाधिक सफल चलचित्र मानिएको ‘बाहुबली द कन्क्लुजन’लाई पाठ्यक्रममा राख्ने तयारी पुरा भइसकेको बताएका छन् । प्राध्यापक कंडास्वामीका अनुसार, “यसमा विशेष गरी सिक्वेलले कसरी सिनेमा व्यापारमा चुनौतीहरू कम गरिदिन्छ भन्ने बारे अध्ययन गरिनेछ । ”

याे पनि पढ्नुस  अबदेखि कक्षा ११ को परीक्षा सञ्चालन गर्न विद्यालयलाई दिने निर्णय

उनका अनुसार स्ट्यानफोर्ड युनिभर्सिटीले गरेको एउटा शोध अनुसार प्रेक्वेलहरू सधैँ सिक्वेल भन्दा राम्रा हुन्छन् तर कमाइ भनेसिक्वेले बढी गर्ने गर्दछ । यस्तो हुनुका पछाडि प्रिक्वेलको सफलता नै रहेको हुन्छ ।

२०१७ अप्रिल २८ मा रिलिज भएको बाहुबली शृंखलाको दोस्रो संस्करण ‘बाहुबली द कन्क्लुजन’ले पहिलो दिनमा नै एक सय करोड भारतीय रुपैयाँको कीर्तिमानी कमाइ गरको थियो ।

याे पनि पढ्नुस  किन लागू हुन सकेन कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम ?

मूलतः तमिल र तेलगू भाषामा निर्मित यस चलचित्रको निदेशन एसएस राजमौलीले गरेका थिए भने यसमा प्रभास, राना दग्गुबती, अनुष्का सेट्टी आदिको अभिनय रहेको थियो ।

 

कमेन्ट गर्नुहोस्