परेलीमै जम्यो हिउँ, संसारकै चिसो गाउँको तापक्रम माइनस ८८ डिग्री

संसारकै सबै भन्दा चिसो गाउँको तापक्रम –८८ डिग्री फरेनहाइट पुगेको छ । द वासिङ्गटन पोस्टका अनुसार, रुसको युकुटिया क्षेत्रमा पर्ने ओमिकोन गाउँ संसारकै चिसो गाउँमा दरिएको छ ।

यहाँको तापक्रम –८८ डिग्री फरेनहाइट पुगेको छ । यहाँ सन् २०१३ मा न्यूनतम –९८ डिग्री फरेनहाइटसम्म पुगेको रिकर्ड छ । यो गाउँमा ५०० बासिन्दा रहेका छन् ।

यो गाउँका मान्छेको परेलामा समेत हिउँ जमेको तस्वीरहरु सञ्चारमाध्यममा आएका छन् । गाडीहरु जहाँ राख्यो त्यही जम्ने गरेका छन् । त्यसैले नचलाउदा पनि गाडीहरु स्टार्ट नै गरेर राख्ने गरेको समाचारमा उल्लेख छ ।

यहाँका विद्यालयहरु भने –४० डिग्री पुग्दासम्म सञ्चालनमा रहेका थिए । केही दिनयता भने बन्द गरिएको एसोसिएट प्रेसले जनाएको छ । हिउदका दिनमा २१ घण्टासम्म अध्यारो हुने गरेको छ ।

न्यूजिल्याण्डका फोटोपत्रकार अमोस चपेल सन् २०१५ मा यहाँका दैनिक बाहिर ल्याएका थिए । उनले यहाँको जीवनशैली तस्वीरमा तस्वीरमा कैद गरेका थिए । रुसको राजधानी मस्कोबाट ३३०० माइल टाढा रहेको यो गाउँमा सात घण्टाको उडानपछि पुगेको उनले बताएका छन् । त्यसपछि गाडीमा दुई दिन लगाएर त्यो गाउँमा पुगेका थिए ।

कमेन्ट गर्नुहोस्