अपांगता भएका व्यक्तिलाई पौष्टिक आहार तथा सरसफाइका सामग्री वितरण

पाल्पा । अपांगता भएका व्यक्तिलाई पौष्टिक आहार तथा सरसफाइ सामग्री वितरण गरिएको छ ।

रामपुर नगरपालिका–६ को आयोजनामा स्वास्थ्य सरसफाइ तथा स्याहारा कार्यक्रमअन्तर्गत १८ अपांगता भएका व्यक्तिलाई बुधबार एक÷एक थान हरलिक्स, नुहाउने तथा कपडा धुने साबुन, कोलगेट, ब्रस, नङ काट्ने सामग्री वितरण गरिएको वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभयो ।

याे पनि पढ्नुस  एउटै पासोमा वृद्ध दम्पतीद्वारा आत्महत्या

साथै ज्येष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत वडाभित्रका छ वृद्धवृद्धालाई एक÷एक थान कम्बल र म्याट वितरण गरिएको छ ।
ती सामग्री वितरण गर्दै रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले यस नगरलाई अपांगमैत्री नगर बनाउनका लागि कार्यालयले सक्दो सहयोग गर्ने बताउनुभयो ।

उहाँले अपांगता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गर्न आगामी दिनमा बजेट विनियोजन गर्ने वचन दिनुभयो ।

याे पनि पढ्नुस  सुनौलो हजार दिनका आमालाई निःशुल्क सिमकार्ड वितरण

कमेन्ट गर्नुहोस्