अमेरिकी राष्ट्रपति ट्रम्पको स्वास्थ्य रिपोर्टमा देखाइन थाल्यो त्रुटि, सामाजिक सञ्जालमा खनियो खोइरो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एक पछि अर्को विवादमा परेकै हुन्छन् । केही दिन अघि उनी मानसिक एवं शारीरिक रुपमा स्वस्थ रहे नरहेको परीक्षण हुने समाचार ले व्यापक चर्चा पाएको थियो । उनले स्वास्थ्य परीक्षण गराए पनि र नतिजाले उनी पूर्ण रूपमा स्वस्थ रहेको देखायो । जाँचमा संलग्न चिकित्सकहरूले उनलाई केही खानपान सम्बन्धी बाहेक अरु कुनै सुझाव दिएनन् ।
तर अब उनको स्वास्थ्य परीक्षणमा विभिन्न प्रश्न उठाइन थालेका छन् । खास गरी सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनलाई एथलिटको रूपमा प्रस्तुत गरिएको आशयका तस्बिर सेयर गरिरहेका छन् ।
व्हाइट हाउसका फिजिशियन डाक्टर रोनी ज्याक्सनले मंगलवार सार्वजनिक गरेका आंकडाहरूमा त्रुटि देखाइन थालेको छ । स्रोतहरूले जनाएका छन् राष्ट्रपतिको उचाई एक इंच बढेको पाइएको छ जुन ७० वर्षीय ट्रम्पका निम्ति सही हुन सक्दैन ।
डोनाल्ड ट्रंपकक २०१२ मेमा जारी ड्राइभिंग लाइसेंस अनुसार ट्रम्प ६ फिट २ इंच अगला रहेको जनाइएको छ जबकि व्हाइट हाउसका फिजिशियनले मंगलवार जारी गरेको रिपोर्ट अनुसार राष्ट्रपतिको उचाई ६ फिट ३ इंच देखिएको छ । ट्रम्पको नयाँ अग्लाइ सार्वजनिक भएपछि एउटी उत्तिकै अग्ली स्पोर्ट सेलिब्रिटीसँग उनको तुलना गरेर उनलाई उडाउन थालिएको छ ।
अमेरिकीहरूले ट्रम्प र पूर्व बास्केटबल खेलाडी एलेक्स रोड्रिगुएजको फोटोसँगै राखेर शेयर गरेका छन् । रोड्रिगुएज पनि ६ फिट ३ इंच अग्ली छिन् । सेयर तस्बिरमा ट्रम्प रोड्रिगुएज भन्दा केही अग्ला देखाइएका छन् ।
यसका अतिरिक्त मानिसहरूले ट्रम्पको वजनमाथि पनि शंका गरेको पाइएको छ । उनको स्वास्थ्य प्रतिवेदनमा उनको वजन २३९ पाउण्ड देखाइएको छ । मानिसहरूले यही वजनका विश्व भरिका खेलाडीहरूसँग उनको तुलना गर्दै सामाजिक सञ्जालमा तस्बिर सेयर गरेका छन् ।

याे पनि पढ्नुस  ट्रम्पको पहिलो सम्बोधन केही लचक

 

 

कमेन्ट गर्नुहोस्