दलको झोला बोक्ने, कक्षाकोठामा नजाने झोले शिक्षकलाई कार्बाही गर्ने शिक्षक संगठनको निर्णय

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन काठमाडौंले दलको झोला बोक्ने तर कक्षाकोठामा नियमित उपस्थित नहुने शिक्षकलाई कार्बाही गर्ने भएको छ ।

बिहिवार काठमाडौंको डिल्लीबजार कन्या माविमा सम्पन्न संगठनको पाँचौं जिल्ला सम्मेलनले नेताको झोला बोक्ने, कक्षाकोठामा नियमित उपस्थित नहुने, शिक्षकको कर्तव्य प्रति इमान्दार नहुने शिक्षकहरुलाई कार्बाही गर्ने निर्णय गरेको हो । कार्बाहीको शुरुवात पहिले संगठनकै सदस्यहरुबाट गर्ने र पछि दायरा बढाउँदै लगिने संगठनले जनाएको छ ।

कार्यक्रममा माओवादी केन्द्रका नेता एवं पूर्व शिक्षामन्त्रीले दिनानाथ शर्माले नेपालको सार्वजनिक शिक्षा माथि चौतर्फी हमला भइरहेकाले देशभक्ति र गणतान्त्रिक शिक्षकहरु त्यसको बचाउमा लाग्नुपर्ने बताए । शिक्षकहरुले असल शिक्षा दिए शिक्षा सुधार हुने र शिक्षा सुधार भएमात्रै मुलुक समृद्ध बन्ने शर्माले दावी गरे । सार्वजनिक शिक्षा कमजोर हुँदा शिक्षामा अन्तर्राष्ट्रिय हस्तक्षेप बढेको, दक्ष जनशक्तिको कमी भएकाले सवै मिलेर सार्वजनिक सुधारमा लाग्नुपर्ने शर्माको भनाइ थियो ।

याे पनि पढ्नुस  आंशिकको धर्ना आजपनि

कार्यक्रममा माओवादी केन्द्रका काठमाडौं जिल्ला संयोजक लेखनाथ न्यौपानेले शिक्षकहरुले बढी राजनीति गरेका, कक्षाकोठामा राम्रो नपढाएकै कारण सार्वजनिक शिक्षा कमजोर बन्दै गएकाले शिक्षकहरु अब गुणस्तरमा केन्द्रित हुनुपर्ने बताए । अब शिक्षक नेता आन्दोलनबाट होइन उसको कार्यशैलीबाट छनौट हुनुपर्ने भन्दै न्यौपानेले शिक्षक आन्दोलन कक्षाकोठामा राम्रो पढाएर हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष रमेश रुपाखेतीले बामपन्थी शिक्षकहरुको एउटै साझा मञ्च बनाएर एकीकृत रुपमा शैक्षिक विकासमा लाग्नुपर्ने बताए । जनवादी र समाजवादी शिक्षाका लागि शिक्षकहरुकै तहबाट पहल हुनुपर्नै भन्दै रुपाखेतीले अबको शिक्षक आन्दोलन सिकाइ सुधार केन्द्रित हुनुपर्ने बताए ।

याे पनि पढ्नुस  आंशिक धर्नामै

नेपाल राष्ट्रिय शिक्षक संगठन काठमाडौंका अध्यक्ष यादव पौडेलले शिक्षकहरुमा अस्थायी, राहत, पिसिएफ, करारलगायतका समस्या रहँदासम्म शिक्षा सुधार नहुने भन्दै पहिले शिक्षकका समस्या समाधान हुनुपर्नेमा जोड दिए । शिक्षकले अधिकार पाएपछि बल्ल कर्तव्यमा मात्रै केन्द्रित हुन सक्ने पौडेलले स्पष्ट पारे ।

 


एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष शंकर अधिकारीले अहिलेको समयको माग भनेको विगतको जस्तो दलको झोला बोकेर वर्गाीय आन्दोलनमा लाग्ने नभइ शिक्षाको समृद्धिमा लाग्नुपर्ने भएको बताए । ‘हिजो समयको माग त्यही थियो होला तर आन्दोलनको एउटा कोर्स पुरा भइसकेको अवस्थामा अब शिक्षकहरु कक्षाकोठामा केन्द्रित हुनुको विकल्प छैन ।’ अधिकारीले भने ।

याे पनि पढ्नुस  आंशिकको धर्ना आजपनि

शिक्षकहरुलाई कक्षाकोठामा राम्रो प्रस्तुति दिनुबाहेकको अन्य विकल्प नभएको भन्दै एकीकृत अखिल नेपाल शिक्षक संगठनका निर्वतमान अध्यक्ष भीमप्रसाद पोखरेलले संगठनका सदस्यहरुलाई अब दलको झोला बोकेर कक्षाकोठा बिर्सने छुट नभएको स्पष्ट पारे ।

मियाको नेतृत्वमा नयाँ कार्यसमिति

एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौ जिल्ला सम्मेलनले कमालदीन मियाको नेतृत्वमा ३९ सदस्यीय जिल्ला समन्वय समिति निर्वाचित गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा नानीराम सापकोटा, महिला उपाध्यक्षमा कल्पना पनेरु, उपाध्यक्षहरुमा मचाभाई महर्जन, मधुसुदन रेग्मी र प्रविण न्यौपाने रहेका छन् ।

त्यस्तै, सम्मेलनबाट सचिवमा कृष्णराज कट्टेल, अर्थ सचिवमा सञ्जिवकुमार सिंह, सहसचिवहरुमा अमृता मजाकोटी, राजु खत्री र जग प्रसाद तिवारी निर्वाचित भएका छन् ।

कमेन्ट गर्नुहोस्