‘पद्मावत’ का लागि ‘प्याड मेन’ पछि हट्यो

संजय लिला भंसालीको फिल्म ‘पद्मावत’का लागि अक्षय कुमारले आफ्नो फिल्म ‘प्याड मेन’को रिजिलको मिति पछि सारेको छ ।
अब २५ जनवरीमा भंसालीको विवादित फिल्म पद्मावत एक्लै रिलिज हुने भएको छ ।

अक्षयकुमारले आफ्नै घरमा पत्रकार सम्मेलको आयोजना गरी भंसालीको आग्रहमा प्याड मेन रिलिजको मिति ९ फेबु्रअरीसम्म सारिएको बताएका छन् । गत १ डिसेम्बरमा रिलिजको तयारी रहेको ‘पद्मावती’ विवादका कारण रोकिएको थियो । त्यसपछि ‘पद्मावती’को नाम बद्लेर ‘पद्मावत’ गरिएको छ ।

पत्रकार सम्मेलमा अक्षयकुमारले भने, “हामी एकै परिवार हौं । संजय लिला भंसाली धेरै पीडामा छन् । म चाहन्छु, उनको फिल्म एक्लै रिलिज होस् । मेरो शुभकामना छ ।”

भंसाली आफ्नो साथी भएको बताउँदै अक्षय भन्छन, “उनीसँग मैले थुप्रै फिल्म गरेको छ । मेरा असल साथी हुन् । साथीका लागि यति त गर्न सक्छु ।”

पत्रकारसँग कुरा गर्दै भंसालीले पनि अक्षयलाई धन्यवाद दिएका छन् । उनी भन्छन, “मैले प्याड मेनको रिलिजको मिति सार्नका लागि आग्रह गरेको थिए । उनी २ मिनेटमै माने । यस्तो गर्नका लागि ठूलो दिल चाहिन्छ । यो अक्षयसँग छ । म जीवनभरी आभारी रहनेछु ।”

भंसालीले १८० करोड भारतीय रुपैयाँमा ‘पद्मावत’ बनाएका हुन ।

कमेन्ट गर्नुहोस्