बालिका बलात्कारीलाई फाँसी दिने कानून ल्याइने

हरियाणा, माघ ६ । नेपालमा मात्रै होइन, पछिल्लो समय छिमेकी भारत लगायत बिभिन्न देशमा बलात्कार घट्ना बढ्दै गएका छन् । भारतको हरियाणामा यो विकराल समस्याका रुपमा आएको छ ।

हरियाणाका कतिपय शहरमा स–साना बालिकालाई समेत बलात्कार गरेका घटना बाहिर आएका छन् । चर्को आलोचना हुन थालेपछि हरियाणा सरकार कडा कदम चाल्न तयार भएको छ ।

हरियाणाका मुख्यमन्त्रि मनोहर लाल खट्टरले कडा कानून ल्याउने तयारी भइरहेको बताएका छन् । उनले भने, “१२ वर्षसम्मकी बालिकालाई बलात्कार गर्ने अपराधिलाई फाँसी दिने कानून ल्याउदैछौं ।”

यसका साथै बलात्कार घट्नामा पीडितलाई छिटो न्याय दिन र दोषीलाई कारवाही गर्न फास्ट ट्रयाक कोर्ट गठन गर्ने विषयमा पनि तयारी भइरहेको उनले बताएका छन् ।

उनले ‘बलात्कारका लागि कठोर सजाय’ को व्यवस्था गर्न लागिएको जनाएका छन् । हरियाणामा ७५ प्रतिशत घटनामा पीडितका नातेदार तथा नजिक व्यक्तिहरु नै संलग्न हुने गरेको पाइएको बताए । यसमा प्रहरी काम गरिरहेको र प्रहरीलाई काम गर्न सजिलो हुने गरी कानून बनाइने बताए । एजेन्सीहरु

कमेन्ट गर्नुहोस्