मुख्यमन्त्री छान्न एमाले स्थायी कमिटि बैठक, यी हुन चर्चामा रहेका नाम

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले राष्ट्रिय सभामा सिटको भागबन्डा सकाएका छन् ।

भागबन्डा सकिएलगत्तै आफ्नो भागमा परेको राष्ट्रिय सभा सदस्यहरुको टुङ्गो लगाउन एमालेले आज स्थायी समितिको बैठक बोलाएको छ ।

आज अपरान्ह एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा स्थायी समिति बैठक बस्ने भएको हो। ४३ सिट जित्ने अपेक्षा गरेका वामगठबन्धनबाट एमालेको भागमा परेको तिनै २९ सिटमा परेको छ ।

याे पनि पढ्नुस  एमाले स्थायी समिति बैठक शुरु, यस्तो छ एजेण्डा

ती सिटमा कसकसलाई उम्मेदवार बनाउने भन्ने सम्बन्धमा आजको स्थायी कमिटि बैठकले निर्णय गर्ने एमालेले उच्च स्रोतले जनाएको छ ।

आजको बैठकको छलफलको सूचीमा राष्ट्रिय सभाका उम्मेदवार टुङ्ग्याउनका लागि भनिएपनि बैठकमा खासगरी मुख्यमन्त्रीको नाम टुंगो लगाउने अन्तिम कसरत हुने बताइएको छ ।

याे पनि पढ्नुस  ओलीले बोलाए स्थायी कमिटीको आकस्मिक बैठक

सात प्रदेशमध्ये वाम गठबन्धनबाट नेकपा एमालेले ४ वटा प्रदेशमा मुख्यमन्त्रीकालागि उम्मेदवारी दर्ता गर्ने तयारीमा छ ।

जसमा प्रदेश नं ५ बाट एमाले नेता शंकर पोखरेल मुख्यमन्त्री बन्ने पक्का भइसकेको छ । हिजो नै उनी प्रदेश नं ५ को एमाले प्रदेशसभा संसदीय दलको नेतामा चुनिसकेका छन् ।

याे पनि पढ्नुस  एमाले स्थायी समिति बैठक शुरु, यस्तो छ एजेण्डा

भने प्रदेश नं १ का लागि शेरधन राई र भीम आचार्यको नाम चर्चामा छ । प्रदेश नं ३ मा राजेन्द्र पाण्डे, केशव स्थापित र अष्टलक्ष्मी शाक्यको नाम चर्चामा छन ।

त्यसैगरी, प्रदेश ३ मा पृथ्वीसुब्बा गुरुङलगायतको नाम चर्चामा छन् ।

कमेन्ट गर्नुहोस्