एयर होस्टेसले लगाएको लुगा यस्तो परेपछि

एयर एसियामा यात्रा गरिरहेकी एउटी महिलाले एयर होस्टेसले लगाएको लुगामा आपत्ति जनाएर मलेसिया सरकारलाई एउटा पत्र लेखी गुनासो गरेकी छिन् ।
ती महिलाले लेखेको पत्रमा एयर एसियामा कार्यरत एयर होस्टेसले लगाएको कपडामा उनका स्तन र अंतर्वस्त्र प्रष्टसँग देखिइरहेको गुनासो गरेकी थिइन् । न्यु जिल्याण्ड निवासी डा. जुन रोबर्टसनले एयर होस्टेसले लगाएको यस्तो लुगाले मलेसियाको बेइज्जती भइरहेको कुरा पत्रमा उल्लेख गरेकी छिन् ।
ती महिलाले एक जना मलेसियाली सिनेटरलाई सम्बोधन गर्दै ती महिलाले आफुलाई एयर होस्टेसहरूले लगाएका अत्यधिक छोटा स्कर्टहरू देखेर खल्लो लागेको बताएकी छिन् । उनले यो कुरा आफु बाहेक अरु यात्रुहरूले समेत अनुभूत गरेको बताइन । “एउटी एयर होस्टेसले क्वालालम्पुर विमानस्थलमा निहुरिनु पार्दछ टिनले लगाएको अंतर्वस्त्र प्रष्टसँग देखिन पुगेको थियो । साँच्चै भन्नुपर्दा यो हैरान पार्ने कुरा हो ।” उनले भनेकी छिन् ।
उनले लेखेकी छिन्, “हामी उडानमा रहँदा एक जना एयर होस्टेसले आफ्नो ब्लाउजको माथिल्लो टाँक खोलेर राखेकी थिइन् । उनका स्तन देखिँदै थिए । मैले बाध्य भएर उनलाई ज्यकेट लगाउन भन्नु पऱ्यो ।”
तर डा. जुनलाई वायुसेवा कम्पनीका पुरुष स्टाफसँग कुनै गुनसा छैन । उनले लेखेकी छिन्, “ती सबै पर्याप्त सम्मान जनक पहिरनमा थिए र पेसाप्रति गम्भीर थिए ।”
एयर एसियाले यसबारे कुनै आधिकारिक टिप्पणी गरेको छैन । उडानमा विमानसेवाका कर्मचारीहरूको पहिरनमाथि यस अघि पनि विवाद भइसकेको छ ।

याे पनि पढ्नुस  बाल गायक अशोक दर्जीको घर निर्माणका लागि मलेसियामा धमाका हुने

कमेन्ट गर्नुहोस्