सेभ द चिल्ड्रेनको कार्यालयमा बम आक्रमण, दर्जन बढी बालबालिका घाइते

काठमाडौं । अफगानिस्तनमा रहेको सेभ द चिल्डे«नको कार्यालयमा बम आक्रमण भएको छ । आक्रमणमा परि १२ बढी बालबालिका घाइते भएका छन् ।

जलालाबादमा रहेको सेभ द चिल्ड्रेनको कम्पाउण्डमा विष्फोटक पदार्थ विष्फोट हुँदा उनीहरु घाइते भएको बीबीसीले उल्लेख गरेको छ ।

स्थानीय मिडियाहरुले नजिककै विद्यालयबाट स्कुले विद्यार्थीहरुको भागाभाग भएको नजाएका छन् ।

आक्रमण कसले गरेको भन्ने नखुले पनि त्यहाँ तालिबानी लडाकुहरुको निशाना बन्दै आएको छ ।

स्थानीय समयअनुसार बिहान ९ः१० बजे उक्त घटना भएको हो । प्रान्तिय गभर्नर अतुल्लाह खोग्यानीलेले आत्मघाती आक्रमणकारीले डेटोनेटेड कार बमसहित प्रवेश गरेको जनाएका छन् ।

आक्रमणकारी र सुरक्षाकर्मीबीच हानाहान भइरहेको समेत बताइएको छ ।

कमेन्ट गर्नुहोस्