राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित कोमल वलीले भनिन् –मन्त्री बनेर देखाई दिन्छु !

काठमाडौं । नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवार बनेर निर्विरोध निर्वाचित भएका गायिका एर्व पुर्वसन्चारकर्मी कोमल वलीले मन्त्री बनेर काम गरी आफ्नो क्षमता देखाउने दावी गरेकी छन् ।

एमालेबाट हिजो राष्ट्रियसभा सदस्यका लागि नाम छनोट भएपछि उनको विगतमा गएका गीत र पार्टी प्रवेश र दाङबाट मंसिरमा सम्पन्न चुनावमा वागी उम्मेदवारी जस्ता विषयलाई जोडेर सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो । पहिले सञ्चार र संगीतमार्फत जनचेतना अभिबृद्धिमा लागेको तर अब मुलुकको आर्थिक समृद्धिमा लाग्ने समेत उनले बताइन् ।

याे पनि पढ्नुस  माओवादी र एमाले कार्यकर्ताबीच झडप, प्रहरीसहित ५ घाइते

राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र अखण्डताको संरक्षण गर्दै राष्ट्रिय एकता र सद्भावको प्रवर्द्धनमा लाग्ने वलीले बताएकी छिन् ।

सामाजिक न्यायमा आधारित समृद्धि प्राप्ति गर्ने कार्यमा अग्रणी भूमिका निर्वाह गर्ने योजनामा रहेको बताउँदै कोमलले मन्त्रीको विषयमा भने मुख खोलिनन् । ‘मन्त्रीको विषयमा अहिले नबोलौं, म मन्त्रीका लागि योग्य व्यक्ति हुँ ।’

याे पनि पढ्नुस  हात्ती दुब्लाएर बाख्रो हुँदैन : ओली

कोमल ओली राष्ट्रियसभाको उम्मेदवार भएलगत्तै सामाजिक सञ्जालमा एमाले कार्यकर्ताले कडा टिप्पणी गरेका छन् । आफूलाई व्यङ्ग्य गरेको भन्दा पनि असल कार्यकर्ताले पार्टीप्रति चिन्ता गरेको बुझेकी छिन् उनले ।

‘यो स्वाभाविक हो, पार्टीप्रति चिन्ता गर्नेहरुले यस किसिमको खबरदारी गर्नुपर्छ र यो नियमित हुनुपर्छ ।’

याे पनि पढ्नुस  पार्टी एकताको विषयमा निर्णय गर्न एमाले स्थायी समिति बैठक बस्दै

आफू कतिसक्षम छु भनेर देखाउन केही समय कुर्न आग्रह गर्दै उनले भनिन् ‘मेरा लागि पनि चुनौती छ, समय आएपछि काम गरेर देखाउँछु । सकिन भने मेरो क्षमताको बारेमा फेरि टिप्पणी गर्नुहोला,’ उनले भनिन् ।

एमाले पार्टीले अवलम्बन गरेको नीतिलाई कार्यान्वयन गर्न दृढ रहने योजना रहेको बताउँदै कोमलले आफूले पाएको जिम्मेवारीलाई सशक्त ढंगमा पूरा गराउने बताइन् ।

कमेन्ट गर्नुहोस्